News Portal

मोरङको सिटिजन बैंक ईन्टरनेसनल लिमिटेडद्वारा रंगेली अस्पताललाई महत्वपूर्ण सामाग्री हस्तान्त्ररण

हिमालीसंचार संवाददाता
३१२ पटक

रविन्द्र बराल/मोरङ, जेष्ठ २७ शनिबार – मोरङको रंगेली अस्पताललाई सिटिजन बैंक ईन्टरनेसनल लिमिटेड मोरङ शाखाद्वारा ४ लाख बराबरको सामाग्री हस्तान्तरण गरेको छ।

विरामीको अपरेशन पछि हरेक दोस्रो पल्स रेट, अक्सिजन लेभल, स्वास प्रस्वासकोको रेट, ब्लड प्रेसर मापन गरेर बिरामीको अवस्था थाहा पाउनुका साथै बिरामीहरुको उपचारमा सहयोग  पुऱ्याउन मद्धत पुग्ने डाक्टर अरुण भट्टराईले बताए । 

त्यस्तै, अस्पतालका लागि आवश्यक पर्ने दुई थान मोनिटर, एक थान फ्रिज समेत हस्तान्तरण गरिएको छ। सिटिजन बैकको रंगेली शाखा कार्यालयले रंगेली अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे सामान हस्तान्तरण गरिएको हो। 

कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपाने, अस्पताल मेसु अरुण भट्टराई, वडाअध्यक्ष रामचन्द्र मंण्डल, अबेधेश कुमार मंण्डल, सिटिजन्स बैन्क ईन्टरनेसनल कोशी प्रदेश प्रमुख प्रदिप सेडाइ रंगेली शाखा प्रमुख ईश्वरीप्रसाद पौडेल, अन्कित दाहाल,  सरोज पौडेल, व्यवस्थापन समितिका अध्यक्ष देवमणी कटुवाल, समितिका सदस्य अजिम आलम,  पुर्सोतम काफ्ले लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण  गरेको थियो । 

रंगेली आसपासका बिरामीहरुलाई उपचारका समयमा समस्या नहोस् भन्दै सिटिजनले ४ लाख ५० हजार रुपैयाँ सामग्री हस्तान्तरण गरेको सिटिजन बैकका रंगेली शाखाका प्रमुख ईश्वरी प्रसाद पौड्यालले बताए । 

सिटिजन बैंकले बिरामीहरुको लागि अत्यावश्यक सामाग्री अस्पताललाई प्रदान गरेको भन्दै अस्पताल प्रशासनले धन्यवाद समेत दिएको थियो। उक्त सामाग्री उपलब्ध गराउने महत्त्वपूर्ण भुमिका वडा नम्बर ४ का वडाअध्यक्ष अबधेशकुमार मण्डलले गरेको हुदा अस्पतालका अध्यक्ष देवमणी कटुवालले आभार व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...