News Portal

  • मोरङको सिटिजन बैंक ईन्टरनेसनल लिमिटेडद्वारा रंगेली अस्पताललाई महत्वपूर्ण सामाग्री हस्तान्त्ररण

    हिमालीसंचार संवाददाता
    २८१ पटक

    रविन्द्र बराल/मोरङ, जेष्ठ २७ शनिबार – मोरङको रंगेली अस्पताललाई सिटिजन बैंक ईन्टरनेसनल लिमिटेड मोरङ शाखाद्वारा ४ लाख बराबरको सामाग्री हस्तान्तरण गरेको छ।

    विरामीको अपरेशन पछि हरेक दोस्रो पल्स रेट, अक्सिजन लेभल, स्वास प्रस्वासकोको रेट, ब्लड प्रेसर मापन गरेर बिरामीको अवस्था थाहा पाउनुका साथै बिरामीहरुको उपचारमा सहयोग  पुऱ्याउन मद्धत पुग्ने डाक्टर अरुण भट्टराईले बताए । 

    त्यस्तै, अस्पतालका लागि आवश्यक पर्ने दुई थान मोनिटर, एक थान फ्रिज समेत हस्तान्तरण गरिएको छ। सिटिजन बैकको रंगेली शाखा कार्यालयले रंगेली अस्पतालको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे सामान हस्तान्तरण गरिएको हो। 

    कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत ओमकार प्रसाद न्यौपाने, अस्पताल मेसु अरुण भट्टराई, वडाअध्यक्ष रामचन्द्र मंण्डल, अबेधेश कुमार मंण्डल, सिटिजन्स बैन्क ईन्टरनेसनल कोशी प्रदेश प्रमुख प्रदिप सेडाइ रंगेली शाखा प्रमुख ईश्वरीप्रसाद पौडेल, अन्कित दाहाल,  सरोज पौडेल, व्यवस्थापन समितिका अध्यक्ष देवमणी कटुवाल, समितिका सदस्य अजिम आलम,  पुर्सोतम काफ्ले लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण  गरेको थियो । 

    रंगेली आसपासका बिरामीहरुलाई उपचारका समयमा समस्या नहोस् भन्दै सिटिजनले ४ लाख ५० हजार रुपैयाँ सामग्री हस्तान्तरण गरेको सिटिजन बैकका रंगेली शाखाका प्रमुख ईश्वरी प्रसाद पौड्यालले बताए । 

    सिटिजन बैंकले बिरामीहरुको लागि अत्यावश्यक सामाग्री अस्पताललाई प्रदान गरेको भन्दै अस्पताल प्रशासनले धन्यवाद समेत दिएको थियो। उक्त सामाग्री उपलब्ध गराउने महत्त्वपूर्ण भुमिका वडा नम्बर ४ का वडाअध्यक्ष अबधेशकुमार मण्डलले गरेको हुदा अस्पतालका अध्यक्ष देवमणी कटुवालले आभार व्यक्त गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...

    राप्रपाको २३ मंसिरको प्रदर्शनमा सबैलाई सहभागी हुन प्रवक्ता शाहीको आग्रह

    काठमाडौं, मंसिर १९ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरमा आयोजना हुने प्रदर्शनलाई...