News Portal

  • केपी ओली सहित ८२ जना प्रदेश सभा सदस्यहरुलाई कालो झण्डा प्रदर्शन गर्ने संयुक्त संधर्ष समितिको निर्णय

    ‘ प्रदेश नं. १ पुन:नामाङ्कन संयुक्त संधर्ष समितिलाई आधिकारिक पत्र आएमा वार्ता, संवाद गर्न तयार!’

    हिमालीसंचार संवाददाता
    ३३९ पटक

    काठमाडौं – प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संधर्ष समितिले जेठ २६ गते शुक्रबार एक विज्ञप्ति जारी गर्दैं प्रदेशवासी जनताको चाहना विपरीत प्रदेश नं. १ को नाम छापामार शैलीमा शासक जातीय एकल नश्लीय (गोत्रीय) आधारमा जबरजस्ती प्रदेशको नाम कोशी राखिएकै दिन २०७९ फागुन १७ गतेदेखि नै आन्दोलन जारी रहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत ८२ जना प्रदेश सभा सदस्यहरुलाई कालो झण्डा प्रदर्शन गर्ने निर्णय गरेका छन्।

    केपी शर्मा ओलीको तेह्रथुम-झापा भ्रमणको क्रममा होस् वा जेठ २५ गते दिएको खेदजनक अभिव्यक्तिहरू आन्दोलनरत प्रदेशवासी जनतालाई होच्याउने, नेपालमा जातीय सद्भाव भड्काउने, आदिवासी जनजातिबिच हिंसात्मक द्वन्द्व गराउने प्रकारको रहेको ठहर गर्दै संधर्ष समितिले उक्त निर्णय गरिएको बताएका छन्।

    विज्ञप्तिमा पूर्व प्रधानमन्त्री र एउटा जिम्मेवार पार्टीको अध्यक्ष भएर जनताको अभिभावकको भूमिका निर्वाह गर्दै जायज माग सम्बोधन गर्न भूमिका खेल्नुपर्नेमा उल्टो तुलशीप्रसाद न्यौपाने, हिमाल कार्की, सन्तोष काफ्ले, सागर नेपाल, बिमल भण्डारीलाई थप विज्ञप्ति प्रकाशन गर्न लगाएर शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाउन ओली उद्धत देखिन्छ । यद्यपि हामी शान्तिपूर्ण आन्दोलनबाट जायज माग सम्बोधन हुनेमा विश्वस्त छौँ ।’ भनिएको छ। 

    केपी ओलीको प्रहरी प्रशासनले आन्दोलनकारीलाई चर्को दमन गर्नुपर्ने आसयले सरकारले उल्टो प्रोत्साहित, संरक्षित गर्ने गरेको कपोलकल्पित अभिव्यक्तिको निन्दा गर्दछौँ । उनको तर्क अनुसार प्रहरीले आन्दोलनकारीलाई सुरक्षा दिएको भए हालसम्म लाठी, ढुङ्गा, बुट, अश्रुग्यास, गोली प्रहार गर्ने को रहेछ? छानबिन गरी तुरुन्त कारबाही प्रकृयामा ल्याउन पहल गर्न केपी ओलीलाई चुनौति समेत दिएका छन् । 

    त्यस्तै, जनभावनालाई कुठाराघात गर्दै कोशी नाम राख्न हस्ताक्षर गर्ने ८२ प्रदेश सभा सदस्यहरू र पहिचानवादी जनतालाई आतङ्ककारी घोषणा गर्ने व्यक्ति केपी ओलीविरुद्ध कालो झण्डा प्रदर्शन गर्ने, कोशी नामको बोर्ड, ब्यानर, लेटर प्याड, छाप हटाउने आन्दोलन निरन्तर चलाई रहने समेत उल्लेख गरिएको छ। 

    संधर्ष समितिले “आन्दोलन शान्ति, समृद्धि, समाजवाद र थप राष्ट्रिय एकताको लागि हो । यो भूगोल, इतिहास, सभ्यता, भाषा, संस्कृतिको सम्मान र पहिचानको आधारमा पुन: नामकरणको लागि हाम्रै सङ्घर्षबाट निर्मित संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण धर्ना, जुलुस र विरोध प्रदर्शन गर्दै आएका छौँ । भनेका छन्। 

    गत २०८० जेठ २५ गते प्रदेशको नाम कोशी प्रस्ताव गर्ने राम रानामगरलाई इलामको इलाम नगरपालिका -११ सोयाकमा र प्रदेश सभाको उपसभामुख सिर्जना दनुवारलाई उदयुपरको गाईघाटमा कालो झण्डा प्रदर्शन भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। सोही विषयलाई लिएर केपी ओलीले घट्नालाई अतिरञ्जित गर्दै जनताबिच मुठभेड गराउने उद्देश्यले अभिव्यक्त प्रतिशोधपूर्ण कपोल कल्पित भनाइको हामी घोर भत्सर्ना गर्दछौँ । भन्दै केपी ओलीले धटनालाई अतिरञ्जित बनाएको संधर्ष समितिले ठहर गरेका हुन्। 

    त्यस्तै, आन्दोलनका क्रममा “सहिद लाजेहाङको हत्याबारे बद्नियतपूर्ण सम्पादित भिडियोको भरमा ओलीले दिएको अभिव्यक्तिप्रति घोर निन्दा गर्दै लाजेहाङलाई प्रहार गर्ने व्यक्ति अनुसन्धान गरेर कारबाही प्रकृया अघि बढाउन माग गर्दछौँ । वक्तव्य सुन्दा लाजेहाङलाई प्रहार गर्ने व्यक्ति ओलीलाई थाहा रहेछ । प्रमाणसहित तत्काल नाम सार्वजनिक गर्न र प्रहरीलाई कारबाही प्रक्रिया अघि बढाउन विज्ञप्ति मार्फत माग गर्दछौँ । समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

    आन्दोलनको क्रममा लाजेहाङले सहादत प्राप्त गरेका छन् भने प्रहरीको गोली लागेर घाइते गजेन्द्र फागोलगायत १५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ । एक जना पुर्पक्षमा जेलमा छन भने १५ बढीले मुद्दा खेपिरहेका छन् । समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। 

    प्रदेश सरकार एकातिर वार्ता आव्हान गर्ने, अर्कोतिर कोशी लेख्नै पर्ने विधेयक पास गर्ने, प्रदेश सभा सञ्चालन नियमावलीमा नामकरणको बुँदा नराखी पेस गर्नुले दोहोरो चरित्र देखाइरहेको छ । भन्दै संधर्ष समितिले आपत्ति जनाएका छन् ।

    यद्यपि पछिल्लो समयमा प्रदेश सरकारले मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको सञ्चार माध्यम मार्फत जानकारी पाएका छौँ । सरकारले वार्ता समिति बनाएकोमा त्यसलाई सकारात्मक रूपमा लिँदै ‘प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को नाममा आधिकारिक पत्र आएमा वार्ता, संवाद गर्न तयार रहेको यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ । 

    गत जेठ २५ गतेको शान्तिपूर्ण आन्दोलनको क्रममा भएको घटनालाई लिएर उदयपुर गाईघाटमा किरात राई यायोक्खा लगायत संध संगठनका पदाधिकारी सदस्यहरूलाई र इलाममा पहिचान पक्षधर नेता कार्यकर्ताहरूको घरघरमा प्रहरी पुगेर घरपरिवार र गाउँ नै आतङ्कित बनाउने कार्य भइरहेको जानकारी आएको छ । शान्तिपूर्ण राजनैतिक आन्दोलनलाई अपराधिकरण गर्ने हर्कत तुरुन्त बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछौँ । 

    समस्या समाधानको उपाय खोज्नुको साटो प्रदेशलाई जबरजस्त द्वन्द्वतिर धकेल्ने प्रयास भए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा सरकार र सम्बन्धित पक्षले लिनुपर्ने यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ । “प्रदेश नाम ‘कोशी’ – खारेज गर ! प्रदेशको नाम ‘कोशी’ – मुर्दावाद ! सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् ! पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर !” भन्ने मुल नारा सहित आन्दोरत पहिचान पक्षधर, संधर्ष समितिले आन्दोलन जारी राखेका छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका...

    विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी...

    काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

    काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्।...

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...

    भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

    काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै...