News Portal

धनगढीका कांग्रेस विपीका नेताले अर्काकी श्रीमती भगाएर फरार भएपछि..

हिमालीसंचार संवाददाता
३९० पटक

धनगढी। कैलालीको धनगढीका एक जना नेता अर्काकी श्रीमती लगेर फरार भएका छन्। कैलालीको धनगढी उपमहानगरापालीका–२ बैयाबेहडीका दीपकराज खैर ४ छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन्।

२०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेस (विपी)बाट कैलाली क्षेत्र नम्बर ५ को (२) बाट उम्मेदवार भएका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाएर भारतको बैंगलोर गएको बुझिएको छ। श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफूसहितका ४ सन्तानको बिचल्ली भएको उनकी श्रीमतीले गुनासो गरिन्। श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमानविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन्।

यसअघि सुदुरपश्चिम प्रदेशसभामा कम्प्युटर अपरेटर पदमा कार्यरत खैरले प्रदेश सभाको अधिकृत रहेको नक्कली परिचयपत्र बनाएर धेरै युवतिलाई जालमा पार्ने गरेको खुलेको छ। उनले त्यो परिचयपत्र देखाएर महिला तथा युवतीहरूलाई झुक्याउने गरेको बताइएको छ।

उनी हाल भारतमा छन्। अश्लील भिडियो खिचेर आफन्तलाई पठाउने र अनावश्यक दुःख दिने गरेको पिडितहरुले बताएका छन्। दैलेख घर भएकी गङ्गा क्षेत्री २ सन्तान छोडेर आफ्नो श्रीमानसँग भागेको जानकी खैरले बताइन्।

धनगढीखबरका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीमा खैरविरुद्ध यसअघि पनि मुद्दा परेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...