News Portal

कुवेतको संसदमा विपक्षी दलको बहुमत, एक महिला पनी निर्वाचित

हिमालीसंचार संवाददाता
३२२ पटक

कुवेत सिटी – कुवेतको संसदीय निर्वाचनमा विपक्षी दलले बहुमत प्राप्त गर्न सफल भएको छ । एक दशकभन्दा बढी समयको अन्तरालमा भएको सातौँ आमनिर्वाचनमा विपक्षी दलले बहुमत ल्याएको हो । त्यस्तै, एक जना महिला पनी सांसद निर्वाचित भएकी छन् ।

निर्वाचनबाट धेरै सुधारहरूको लागि दबाब दिइरहेका इस्लामवादी र स्वतन्त्र राजनीतिज्ञहरू निर्वाचित भएका हुन् ।  कुवेतको संवैधानिक अदालतले गत मार्चमा भएको निर्वाचनको परिणामलाई रद्ध गरेको थियो । उक्त निर्वाचनमा पनि विपक्षीहरूले महत्वपूर्ण लाभ उठाएका थिए र सन् २०२० मा निर्वाचित अघिल्लो संसदलाई पुनः स्थापित गरेका थिए ।

कुवेतको सरकारी समाचार एजेन्सीले सार्वजनिक गरेको मत परिणामअनुसार विपक्षी सांसदले विधायिकाका ५० सिटमध्ये २९ सिटमा जित हासिल गरेका छन् । विपक्षी समूहका उम्मेदवार जनन बुशेहरीले संसदमा एकल प्रतिनिधित्व गर्ने भएकी छन् ।

गत वर्ष निर्वाचित र पछि खारेज गरिएको संसद्सँग मिल्दोजुल्दो मत परिणाम रहेको छ। कुल ५० मध्ये १२ जना बाहेक सबै सदस्यले आ–आफ्नो स्थान कायम राखेका छन् । यसले विधायिकाले फेरि एकपटक मन्त्रिपरिषद्सँग विवादमा फस्न सक्ने र राजनीतिक सङ्कटलाई अझ गहिरो बनाउने र सुधारमा ढिलाइ भएको र आर्थिक वृद्धिमा बाधा पुर्याउन सक्ने चिन्ता उत्पन्न भएको छ ।

लामो समयदेखि सभामुख रहेका मार्जुक अल–घानीम र गत वर्ष उनको स्थानमा आएका अहमद अल–सादौन दुवै संसद्मा फर्किएका छन् । सावौनले फेरि सभामुखपदका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ । “हामी आज सुधारवादी दृष्टिकोणको विजयको उत्सव मनाइरहेका छौं,” विपक्षी सांसद अदेल अल–दम्खीले परिणाम घोषणापछि सञ्चारकर्मीसँग भने । “निर्वाचन परिणामले कुवेती जनताको जागरुकताको सङ्केत गरेको छ ।”सन् १९६२ मा कुवेतले संसदीय प्रणाली अपनाएदेखि नै करिब एक दर्जन पटक संसद विघटन भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...