News Portal

मुलुकभर गर्मी सुरू भयो, यी फलफूल खाए हाम्रो शरीरलाई शितलता प्रदान गर्दछ

हिमालीसंचार संवाददाता
५६१ पटक

अहिले अत्याधिक गर्मी बढेसँगै हामी धेरै प्रकारका फलफुलहरुको जुस तथा फलहरु खाने गर्दछौं । गर्मी बढेकै कारण तराईका धेरै विद्यालयहरु अहिले बन्द गरिएका छन् । अहिले गर्मी बढेसँगै हाम्रो शरीर कमजोर र सिथिल हुँदै गएको छ । बजारमा कैयौ फलफुलहरु आइरहेका हुन्छन् । हामीहरुले तिनीहरुको जुस बनाएर खाने गर्दछौं । र, हाम्रो शरीरलाई शितलता प्रदान गर्दछौ । आज हामी त्यस्ता फलफूलहरुको बारेमा वर्णन गर्नेछौं, जुन गर्मीको समयमा खाँदा हाम्रो शरीरलाई फाइदाजनक हुन्छ ।

१. आँप – आँपलाई हामी फलफुलको राजा भन्ने गर्दछौ । आँप प्रायजसो सबैलाई मनपर्ने फल हो । आँपलाई हामी काँचै खानेपनि गर्दछौ । यसको विभिन्न प्रकारका परिकारहरु बनाएर खाने गर्दछौ । गर्मी मौसममा यसको जुस, आइसक्रिम बनाएर खाने गरिन्छ । यसलाई बच्चाहरुले समेत धेरै मन पराउने भएकोले यो फल धेरै नै लोकप्रिय बनेको छ । आँप खादा शरिरलाई धेरै सितलता प्राप्त हुन्छ। 

२.  मेवा – मेवाले शरीरलाई धेरै फाइदा गर्ने भएकोले यसलाई प्रायः मानिसहरुले खाने गर्दछन् । मेवामा भिटामिन, फाइबर पाइन्छ । मेवा तौल कम गर्नको लागिपनि खाने गरिन्छ । यसले विशेषत मुटु र आँखालाई धेरै फाइदा गर्दछ । यो फल पनि गर्मीयाममा खाँदा शरीर शितल हुने गर्दछ ।

३. खरबुजा – खरबुजा गर्मीको समयमा खाने धेरै राम्रो फल हो । यसको जुस बनाएर खायौं भने शरीरलाई शितलतामात्र नभई स्वास्थ्यमा पनि फाइदा दिने गर्दछ । यो फलमा भिटामिन, मिनरल, क्याल्सियम पाइन्छ । यो फल प्रायः गर्मी मौसममा पाइन्छ । अहिलेको बढ्दो गर्मी मौसमसँगै यो फलले अत्यधिक स्वास्थ्य लाभ गर्दछ ।

४. सुन्तला – सुन्तला जाडो समयमा पाइने फल भएपनि अहिले स्टोर गरेर गर्मीको मौसममा पनि खाने गरिन्छ । यसको जुसले हामीलाई एनर्जी दिने गर्दछ । यसमा भिटामिन ‘सी’, क्यालोरी, फाइबर, भिटामिन पाइन्छ । यसको जुस, जाम, जेली, वाइन, विभिन्न प्रकारका मिठाइहरु समेत बनाइन्छ । यसको बाहिरको बोक्राको प्रयोगले समेत शरीरलाई धेरै फाइदा दिने गर्दछ ।

५. अम्बा – हाम्रो समुदायमा अम्बा धेरै प्रजातिका पाइन्छन् । यो फलपनि गर्मी मौसममा खाने गरिन्छ । यसमा क्यालोरी, फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन पाइन्छ । यो फल तौल कम गर्नका लागिपनि खाने गरिन्छ । अम्बाले मुटु स्वास्थ्य बनाउने, मांशपेसीको दुखाई कम गर्ने, छालालाई स्वास्थ्य राख्ने, खोकी लागेको औषधी, तौल कम गर्ने जस्तो फाइदा गर्दछ ।

६. लिची – यो फल गर्मीको मौसममा बढी पाइन्छ । काँचो हुँदा अमिलो हुने र पाकेपछि त्यसको स्वाद मिठो हुन्छ । यो फल सबैलाई मनपर्ने फल हो । लिचिमा क्यालोरी, प्रोटीन, सुगर, फाइबर र फ्याट पाइन्छ । यसले रातो रगत सेल बनाउन मद्दत गर्दछ । लिचिको जुस, जाम, जेली, वाइन, सस जस्ता चिजहरु बनाएर खाईन्छ ।

७. स्ट्रबेरी – स्ट्रबेरी स्वास्थ्यको लागि एकदमै मिठो र लाभदायक फल हो । यसमा क्यालोरी, कार्बोहाइट्रेड, भिटामिन ‘सी’ र फ्याट कम मात्रामा पाइन्छ । यसले मुटु स्वास्थ्य राख्न, कब्जियत कम गर्ने र तौल कम गर्न मद्दत गर्दछ । साथसाथै यसको जुस बनाएरपनि खाने गरिन्छ ।

८. भुईंकटहर – यो फलका फल मिठो र स्वादिलो हुने भएकोले यसलाई धेरैले खान मन पराउँछन् । यो फलमा क्यालोरी, कार्बोहाइट्रेड, फाइबर, प्रोटिन, आइरन, भिटामिन, सोडियम, पोटासियम र कम मात्रामा फ्याट पाइन्छ । यो हाम्रो शरीरको स्वास्थ्यको लागि एकदमै फाइदाजनक फल हो । यसको जुसपनि मिठो हुने हुने भएकाले यो फल स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

तस्वीर:  स्यालस्याटलाईफडटकम

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...