News Portal

२० वर्षदेखि प्रवासकाे जेलमा थुनिएका नेपालीकाे अालाप : सुन्छु सवेरै घाँटी रेट्दै छ !

८९१ पटक

भाषाको समस्या, सीपको अभाव र दक्षता नहुँदा विदेशमा रहेका नेपाली कामदारले अनाहकमा कष्ट झेल्नुपरेका समाचार आइरहन्छन् ।

कतिपय त सानै त्रुटीका कारण पनि जेल पर्छन् । कसैले त मृत्यु दण्ड नै भोग्नु परेको पनि छ । यस्तैमध्येका एक नेपाली कामदार हुन् म्याग्दीका सन्तबहादुर पुन मगर ।

साउदी रेबियाको एक जेलमा २० वर्षदेखि जेलजीवन भोग्दै आएका मगरले यस पटकको दसैंमा पनि फर्कन नपाएपछि आफ्नो पीडा हामीलाई सुनाएका छन् । मगरले जेजमा बस्नुपर्दा महसुश गरेको बेदना लयात्मक रुपमा सुनाएका छन् ।

भेडा चराउँदा भेडा चोर्न आउनेलाई हमला गर्दा जेलमा फसेपछि उनले आफ्नो बन्धनलाई ‘मृत्युको पर्खाइ’को रुपमा ब्याख्या गरेका छन् मगरले । मृत्युको पर्खाइमा रहेको बताउने मगरले यो कुरा लेखिरहँदा आँशु थाम्न नसकेको पनि बताए । मगरको भावना उनकै शब्दमा :

अब त, नेपाली चाडपर्व के हो थाहा छैन मलाई।
२० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

सुखी परिवारको कल्पना गरेर प्रवास आएको थेँ
कमाएर धन पठाउछु है सानु भनेर कसम खाएको थेँ
प्रवास आएको केही महिनामै दुर्भाग्य जेलमा परियो
देश र परिवार सम्झी रुन्छु सधै, कस्तो खेलमा परियो !

अब त, देश र समाज कस्तो भयो थाहा छैन मलाई
२० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

सयौं भेडाका गोठाले थियो मेरो जिम्मेवारी
एक धूर्तले भेडा खोसेर खुब सताउँथ्यो सधैभरी
भेडा सङ्ख्या घट्दा जवाफ दिनु पर्थ्यो कपिललाई
वास्तविकता सुनाउँदा झूट भनेर कुटिन्थ्यो आफैलाई !

कालीनदी र पर हिमाल कस्तो भयो थाहा छैन मलाई
२० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

धूर्तले भेडा खोसेको कुरा कपिललाई विश्वास नलाग्ने
एउटै उपाए थियो मसँग त्यो धूर्तमाथि जाइलाग्ने
त्यसलाई तर्साउन हतियार देखाउने गरे निर्णय
आइ पो लाग्यो जाइलागे जीवन बन्यो अनिर्णय !

अब त मेरा सबै दौंतरी कस्तो भयो थाहा छैन मलाई
२० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

ज्यानमारा मुद्धा सदर गर्न पुग्यो साउदीको अदालत
२० औं बसन्त जेलको भित्ता हेर्दै बस्नु मेरो धरातल
अब झुण्ड्याउछ’रे घाँटी रेट्छ’रे भन्ने सुन्छु सबेरै
कस्तो जन्म लिएर आएछु दैव मेरो जीवन दिन्छ कसले हे बरै !

मेरी सानु अनि बालबच्चा कता छन् थाहा छैन मलाई
२० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

प्रस्तुति : हुम सुनारी मगर

रियाद, साउदी अरेबिया

अन्नपूर्ण

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...