News Portal

  • २० वर्षदेखि प्रवासकाे जेलमा थुनिएका नेपालीकाे अालाप : सुन्छु सवेरै घाँटी रेट्दै छ !

    ८२८ पटक

    भाषाको समस्या, सीपको अभाव र दक्षता नहुँदा विदेशमा रहेका नेपाली कामदारले अनाहकमा कष्ट झेल्नुपरेका समाचार आइरहन्छन् ।

    कतिपय त सानै त्रुटीका कारण पनि जेल पर्छन् । कसैले त मृत्यु दण्ड नै भोग्नु परेको पनि छ । यस्तैमध्येका एक नेपाली कामदार हुन् म्याग्दीका सन्तबहादुर पुन मगर ।

    साउदी रेबियाको एक जेलमा २० वर्षदेखि जेलजीवन भोग्दै आएका मगरले यस पटकको दसैंमा पनि फर्कन नपाएपछि आफ्नो पीडा हामीलाई सुनाएका छन् । मगरले जेजमा बस्नुपर्दा महसुश गरेको बेदना लयात्मक रुपमा सुनाएका छन् ।

    भेडा चराउँदा भेडा चोर्न आउनेलाई हमला गर्दा जेलमा फसेपछि उनले आफ्नो बन्धनलाई ‘मृत्युको पर्खाइ’को रुपमा ब्याख्या गरेका छन् मगरले । मृत्युको पर्खाइमा रहेको बताउने मगरले यो कुरा लेखिरहँदा आँशु थाम्न नसकेको पनि बताए । मगरको भावना उनकै शब्दमा :

    अब त, नेपाली चाडपर्व के हो थाहा छैन मलाई।
    २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

    सुखी परिवारको कल्पना गरेर प्रवास आएको थेँ
    कमाएर धन पठाउछु है सानु भनेर कसम खाएको थेँ
    प्रवास आएको केही महिनामै दुर्भाग्य जेलमा परियो
    देश र परिवार सम्झी रुन्छु सधै, कस्तो खेलमा परियो !

    अब त, देश र समाज कस्तो भयो थाहा छैन मलाई
    २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

    सयौं भेडाका गोठाले थियो मेरो जिम्मेवारी
    एक धूर्तले भेडा खोसेर खुब सताउँथ्यो सधैभरी
    भेडा सङ्ख्या घट्दा जवाफ दिनु पर्थ्यो कपिललाई
    वास्तविकता सुनाउँदा झूट भनेर कुटिन्थ्यो आफैलाई !

    कालीनदी र पर हिमाल कस्तो भयो थाहा छैन मलाई
    २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

    धूर्तले भेडा खोसेको कुरा कपिललाई विश्वास नलाग्ने
    एउटै उपाए थियो मसँग त्यो धूर्तमाथि जाइलाग्ने
    त्यसलाई तर्साउन हतियार देखाउने गरे निर्णय
    आइ पो लाग्यो जाइलागे जीवन बन्यो अनिर्णय !

    अब त मेरा सबै दौंतरी कस्तो भयो थाहा छैन मलाई
    २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

    ज्यानमारा मुद्धा सदर गर्न पुग्यो साउदीको अदालत
    २० औं बसन्त जेलको भित्ता हेर्दै बस्नु मेरो धरातल
    अब झुण्ड्याउछ’रे घाँटी रेट्छ’रे भन्ने सुन्छु सबेरै
    कस्तो जन्म लिएर आएछु दैव मेरो जीवन दिन्छ कसले हे बरै !

    मेरी सानु अनि बालबच्चा कता छन् थाहा छैन मलाई
    २० औं वर्ष बित्यो प्रवासको जेलमा, दोष दिउँ कसलाई !

    प्रस्तुति : हुम सुनारी मगर

    रियाद, साउदी अरेबिया

    अन्नपूर्ण

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २५ गतेको राशिफल

    आज मंसिर २५, २०८२ (डिसेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रामनाथ अधिकारीले गरे निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...