News Portal

पलाञ्चोकमा ‘साँढे बोका’ छाड्न रोक

मोतीराम तिमल्सिना
३९९ पटक

काभ्रे। जिल्लाको ऐतिहासिक प्रसिद्ध मन्दिर पलाञ्चोक भगवतीमा भक्तजनहरूले साँढे बोका छाडा रुपमा छाड्ने प्रचलनलाई अर्को सूचना जारी नहुँदासम्म रोक लगाइएको छ।

वडा अध्यक्ष रामकाजी श्रेष्ठले जेठ १७ गते सूचना प्रकाशन गरी साँढे छाडिएका बोकाहरूमा गम्भीर प्रकृतिको संक्रमक रोग पिपिआर देखा परेकाले तत्कालका लागि बोका छाड्न रोक लगाइएको उल्लेख गरिएको छ।

‘देशका विभिन्न स्थानबाट पलाञ्चोकमा ल्याएर छाडिएका साँढे बोकाहरूमा पिपिआर नामक सरुवा रोग देखिएको छ’–वडा अध्यक्ष रामकाजी श्रेष्ठले भन्नुभयो–‘उक्त रोगका कारण १० दिनमा १२ वटा बोका मरिसकेका छन्। बाँकी १३ वटा बोकालाई भ्याक्सिन लगाइएको भए पनि अरु कति छन् र कुन स्थानमा पुगेका छन् फेला पार्न सकिएको छैन।’

साँढे बोका जताततै पुग्ने भएकाले ती बोकामा देखिएको सरुवा रोग पिपिआर घरपालुवा बाख्रा तथा बोकाहरूमा पनि सर्न सक्ने भएकाले तत्कालका लागि पलाञ्चोक भगवती मन्दिरमा त्यस्ता बोका छाड्न निषेध गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो।

‘धमाधम बोकाहरु मर्न थालेपछि नगरपालिकामा रहेको पशुपन्छी शाखामा जानकारी गरायौँ। उक्त शाखाबाट खटिएका प्राविधिकहरुले मरेका बोकाहरुको पोस्टर्माटम गरी परीक्षण गरे पछि मात्रै सरुवा रोग पिपिआर पत्ता लागेको हो’–अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘मरेका बोकाहरुको व्यवस्थापन र बाँचेका बोकाहरूमा भ्याक्सिन लगाउने कार्य वडा कार्यालयको तर्फबाट नगरपालिका र पशुपन्छी शाखाको समन्वयमा भइरहेको छ।’

सर्वसाधारणहरुका लागि पलाञ्चोक भगवती मन्दिरमा तत्काल साँढे बोका नछाड्न वडा कार्यालयको तर्फबाट अनुरोध गरिएको छ भने पलाञ्चोक भगवती मन्दिर व्यवस्थापन समितिले पनि अनुरोध गरेको छ। स्थानीयहरुले घरपालुवा बाख्रा तथा बोकाहरूमा पिपिआर रोगको लक्षण देखा परे वडा कार्यालय तथा पशुपन्छी शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...