News Portal

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बाटो खुल्यो

    हिमालीसंचार संवाददाता
    २५२ पटक

    तस्बिर : प्रदीपराज वन्त/रासस

    काठमाडौँ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ।

    भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको कार्यालय हैदराबाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुलेको जानकारी दिएका हुन्।

    “भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्दछु। यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुनेछ”, प्रधानमन्त्री दाहालले भने। उनले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको बताए।

    प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी गराए। उनले भने, “भैरहवा विमानस्थलबाट एटीआर एयरक्रयाफ्टको उडान सम्भव भइसकेको छ। अब, महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको अनुमतिका लागि हामीले भारत सरकारसमक्ष अनुरोध गरेका छौँ।”

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली जडान भए पनि लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन। यो प्रणाली सञ्चालनमा आउने वित्तिकै जुनसुकै मौसममा पनि जहाजले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले बताए। यसअघि यो प्रणाली जडान भए पनि नेपाल भारत सीमाका कारण भारतबाट सञ्चालनको अनुमति नआउँदा जाडो याममा हुस्सु लाग्दा जहाजले उडान नै रद्द गर्नुपरेको थियो।

    हाल विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्छ। तर आइएलएस कार्यान्वयन हुँदा कम्तीमा आठ सय मिटरको भिजिविलिटीमा पनि विमान अवतरण गराउन सकिन्छ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ जेठ २ देखि व्यावसायिकरूपमा सञ्चालनमा आएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पेस्तोलसहित हरी र आशिष पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको जहदा गाउँपालिका–४ बाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित...

    मधेशमा सुख्खा र पानी संकट: दमकल र सेना खटाइयो, मुख्यमन्त्रीको विशेष आग्रह

    जनकपुरधाम, असार ३२ – मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको डरलाग्दो सुख्खा र त्यसबाट उत्पन्न भएको...

    अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट, तल्लो बाटो हुँदै अमेरिका छिर्न खोजेकाहरु

    काठमाडौं, असार ३२ – अमेरिकाबाट थप १९ जना नेपालीहरू डिपोर्ट भएर स्वदेश फर्किएका छन् ।...

    सहकारी कर्मचारीलाई घरमै अपमान गर्ने दुई महिलाविरुद्ध पक्राउ पुर्जी

    मोरङ, असार ३२ – ऋण तिर्नु पर्ने व्यक्तिहरूले सहकारीका कर्मचारीलाई नै घरमा बोलाई जुत्ताको माला...

    सर्लाहीमा सडक खन्ने क्रममा बनाएको खाल्डोले बालकको मृत्यु

    सर्लाही, असार ३२ — सडक विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीले एक निर्दोष बालकको ज्यान...