News Portal

कालिकाखबर दोस्रो वर्षमा प्रवेश

हिमालीसंचार संवाददाता
३९८ पटक

कुवेत– कालिका खबर डटकम स्थापनाको एक वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ। दोस्रो वर्ष प्रवेश गरिरहँदा निरन्तर साथ दिनुहुने समस्त पाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक तथा यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य तथा कर्मचारीहरुप्रति कालिका खबर डटकमले विशेष आभार व्यक्त गर्नु भएको छ।

सबैको शुभेच्छा, हौसला, सहयोग र सहकार्यले नै यस सञ्चार माध्यमलाई स्थापित गराउँदै जनतालाई सुसुचित गराउने अविराम यात्रामा निरन्तर खटिरहन उर्जा प्राप्त भएको छ। खोज पत्रकारितालाई विशेष प्राथमिकता दिँदै कालिकाखबर डटकम २०७८ जेठ १६ बाट आरम्भ गरिएको थियो।

जुन उद्देश्य र लक्ष्यका साथ सुरु भयो कालिकाखबर डटकमले सोहि अनुसार आफ्ना कदमहरु चालिरहेको छ। कलमहरु सोहि अनुसार चलिरहेका छन्। जुन सम्पूर्ण पाठकहरुमा जगजाहेर छ।

न्यायपरिषदले छानबिन गरेर न्यायधिशसमेतलाई कारवाही भएको छ। सरकारले नीतिगत निर्णय सच्याएको छ। जननिर्वाचित सांसदहरुलाई जनताप्रति उत्तरदायी बनाउन खबरदारी गरिएको छ। खोजमूलक पत्रकारिता मार्फत हामीले राजनीति भित्रका कुरा र समाजको बदलिँदो चित्रलाई उजागर गर्दै जनताका भावनालाई समेट्ने प्रयास गर्दै कालिका खबर डटकमले आएका छ।

उद्देश्य नै सोहि राखेर अघि बढेको कालिकाखबर डटकम आफ्नो गन्तव्यमा निरन्तर लागिरहने प्रण गर्दै यस एक वर्षको अवधिमा हाम्रा गल्ती– कमजोरीलाई औल्याएर सधैं सत्य र तथ्यको बाटोमा अघि बढ्न उर्जा थप्ने तपाई सम्पूर्ण पाठक र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर रचनात्मक सुझाव र प्रतिकृयाको अपेक्षा गरेको कालिकाखबर डटकमका प्रबन्धक पुस्तक रेग्मीले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...