News Portal

कोशी प्रदेशको नाम खारेजी, पहिचानको आधारमा प्रदेशको पुनःनामकरण माँग सहित उभौली साकेला चाँडको समापन (फोटोफिचर)

हिमालीसंचार संवाददाता
३६० पटक

विकास चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान-१७ स्थित साकेला पार्कमा किरात राई यायोख्खा जिल्ला कार्यसमिति सुनसरीको आजोजनामा हिजो शनिबार कोशी प्रदेश खारेजी र पुन:पहिचानको आधारमा “किरात प्रदेश” नामाङकन गर भन्ने नारा सहित उभौली साकेला चाँडको समापन गरिएको छ।

बैशाख पूर्णेदेखि शुरु भएको प्रकृति पुजक किरातहरुको महान उभौली साकेला चाड हिजो शनिबार धरान-१७ स्थित साकेला पार्क सप्तरंगीमा भव्यताका साथमा समापन गरिएको हो। किरायाले यो बर्ष किरात प्रदेशको पुन:नामकरण सहित उभौली चाड मनाएको हो। 

प्रदेश सरकारले गुरिल्ला शैलीमा कोशी प्रदेश नामकरण गरेपछि आन्दोलित भएका किरात राई समुदायले यस बर्षको येलेदोङ ५०८३औं उभौली साकेला चाँड सडक र सास्कृतिक विरोध सहित हिजो समापन गरेका हुन्। किराया केन्द्रिय कार्यसमितिले प्रदेशको नामाङकन पहिचानको आधारमा पुन;नामकरण गरिनु पर्ने एक शुत्रिय मागसहित उभौली साकेला चाडलाई सास्कृतिक आन्दोलनको रुपमा देशभरी मनाउने निर्णय गरेको थियो। 

धरान-१७ स्थित साकेला पार्कमा हिजो शनिबार आयोजित उभौली साकेला चाड समापन कार्यक्रममा कोशी प्रदेश खारेजी र पहिचानको आधारमा किरात प्रदेश नामाङकन गर भन्ने प्ले कार्ड सहित उभौली साकेला चाड समापन कार्यक्रममा सहभागि भएका थिए भने कार्यक्रममा उपस्थित अतिथिहरुले समेत कोशी प्रदेश खारेज गरेर पुनःपहिचानको आधारमा प्रदेशको नामकरण गरिनु पर्ने जोडदार माग उठाएका थिए। 

तस्वीर: विकास चाम्लिङ राई

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...