News Portal

डडेल्धुरा अस्पतालको अध्यक्षको पदभार ग्रहण गरेको केही घन्टामै पदमुक्त

हिमालीसंचार संवाददाता
३०८ पटक

डडेल्धुरा। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो।

उनको ठाउँमा गत महिना लक्ष्मणबहादुर सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो। तर, बुधबार पदभार ग्रहण गरेको केही घन्टा नबित्दै सिंहलाई बदर गरिएको छ। उनलाई अस्पतालका कर्मचारी तथा जिल्लावासीले भव्य स्वागतसमेत गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले सिंहको ठाउँमा पुरानै अध्यक्ष ओझालाई मनोनीत गरेको छ। यसअघि प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार वैशाख २३ गतेदेखि लागू हुने गरी सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो।

सिंहलाई डडेल्धुरा अस्पताल डडेल्धुराको अध्यक्ष र तेज साउँदलाई सदस्यमा मनोनीत गरिएको थियो। बुधबार साँझ नै स्वास्थ्य मन्त्रालयबाट उनको पद बदर गरिएको भन्दै अर्को पत्र अस्पताल पुगेको छ।

बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले अध्यक्षमा उनीसहित सदस्यमा देवकी भट्ट र जनक मल्ललाई मनोनीत गरेको भनेर पत्र आएको अस्पतालका निमित्त मेसु चेतराज भट्टले जानकारी दिए।

उनका अनुसार एक साता अगाडि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मणबहादुर सिंहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ। सिंह नेकपा (माओवादी)मा केन्द्रमा आवद्ध छन् भने ओझा केही समयअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...