News Portal

किराया खेलकूद संघद्वारा मोन्टेश्वरी किन्डर गार्डेनमा साकेला नाच प्रदर्शनी

विकाश चाम्लिङ राई
५०६ पटक

बिकाश चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान १६ स्थित मोन्टेश्वरी किन्डर गार्टेनका बालबालिकाहरुले सोकेला उभौलीको अवसरमा नाँचिने ‘साकेला सिली’ प्रदर्शन गरेका छन्

किरात राई खेलकुद संघ सुनसरीले किरात राईहरुको महान चाड येलेदोङ ५०८३औं साकेला उभौलीको अवसरमा नाँचिने साकेला सिली बालबालिकालाई सिकाएका हुन। खेलकुद संघका कलाकारहरुले बुधबार बिधालयका  बालबालिकालाई ढोल झ्याम्टा सहित साकेला सिली सिकाउनुका साथै साकेला नाच प्रदशनी समेत गरेका थिए ।

मोन्टेश्वरीका अध्यक्ष गौरबमान श्रेष्ठले बालबालिकालाई विभिन्न जात जातिको भाषा  र संस्कृति जानकारी गराउन तथा त्यस प्रतिको मोह जगाउनको लागि किराया खेलकुसंध सुनसरीसंग सहकार्य गरि कार्यक्रम आयोजना गरेको वताए ।

उनका अनुसार ‘हामीले पढाई मात्रै होइन, पढाईका अलवा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न जात जातीको कला र सस्कृतिलाई पनि सिकाउँछौ, यस अघि लाखे नाँच देखाएका थियौ, यसपालिदेखि किरात राईहरुको सस्कृति साकेला नाच देखाएका हौ ।’

कार्यक्रममा किरात राई यायोक्खा, सुनसरी सदस्य एवं किराया खेलकुद संघ, सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले बालबालिकाहरुलाई किरात राईहरु प्रकृति पुजक हुन्,  उभौली किरातीहरुको महान चाड हो । प्रकिती पुजक किरातीहरुको महान चाड उभौली बैशाखे पुर्णिमादेखि विधिवत ढोल झ्याम्टा फुकाएर करिब १५ दिनसम्म धर-आगनमा स्याउली गाडेर धुमधामसँग साकेला सिली नाचेर मनाउने गरिन्छ । अन्नबाली लगाउने समय अनुकूल होस, अन्नवाली सप्रियोस, अन्नको सह बसोस्, अनिकाल नलागोस्, सबै जीव प्राणीहरुमा सुख, शान्ति होस् भन्ने कामना गर्दै सिमेभुमे पुजा गरी साकेला नाचिन्छ, यसैलाई नै साकेला उभौली भनिन्छ । 

यस्तै, अन्नबाली पाकेर घरभित्र्याए पछि घरभित्र गाडिएको पवित्र चुलालाई चढाई आफ्ना पितृहरुलाई पुजा गरि आर्शिवाद मागेर नयाँ अन्नबाली खाने, आफन्तहरुसंग भेला भएर खुशीयाली मनाउने चाडलाई साकेला उद्यौली भनिन्छ । यो चाडलाई मंसिरे पुर्णे अर्थात धान्य पुर्णे पनि भनिन्छ । यसैको अवसरमा हरेक वर्ष आफ्नो पृती पुजेर साकेला सिली नाँच्दै उभौली-उधौली मनाउने परम्परा रहेको वताए ।

वैशाख २२ गते पुर्णिमाको दिनदेखि औपाचारिक रुपले विश्वभरी छरिएर रहेका किरातीहरुले  उभौलीको अवसरमा सोकला सिली नाचेर, विभिन्न कार्यक्रमहरुको आयोजना गरेर उभौली मनाइरहेका छन ।

उक्त साकेला सिली नाच प्रदर्शनीमा महिला बास्केटबलका राष्ट्रीय खेलाडी डा. आशा राई, प्रदेश १ खेलाडी तनु राई, निरुता राई, दिवस राई लगायतको सहभागिता समेत रहेको थियो।

तस्वीर विकाश चाम्लिङ राई

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...