News Portal

भ्युज बढाउन नियतवश प्लेन दुर्घटना गराउने युट्युबरलाई २० वर्ष जेल

हिमालीसंचार संवाददाता
३८६ पटक

एजेन्सी। सन् २०२१ को डिसेम्बरमा आफ्नो युट्युब च्यानलको भ्युज बढाउने नियतले सानो आकारको प्लेनलाई नियतवश दुर्घटना गराएको र त्यसयता अमेरिकी सरकारको अनुसन्धानमा बारम्बार ढाँटेको अभियोगमा एक अमेरिकी युट्युबरलाई जेल सजायको नजिक पुर्‍याएको छ।

क्यालिफोर्नियाको शान्ता बार्बरा क्षेत्रमा स्नोबोर्डरबाट युट्युबर बनेका २९ वर्षीय ट्रेभर जेकब नामक २९ वर्षीय व्यक्तिले २०२१ मा ‘आई क्र्यास्ड माई एयरप्लेन’ नामक भिडियो युट्युबमा अपलोड गरेका थिए। झन्डै ४० लाख जनाले हेरेको उक्त भिडियोमा उनलाई आफ्नो प्लेनको सबै भागमा क्यामरा राखेर प्लेन उडाउँदै गरेको र केही समय पछि प्यारासुटको सहायताले ओर्लिएको देख्न सकिन्छ।

पछि दुर्घटना गराएको स्थानमा फर्केर आफ्नो दर्शकलाई समेत ढाँटेका जेकबले अमेरिकी सरकारी निकाय नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डलाई दुई दिनपछि मात्रै दुर्घटनाको जानकारी गराएका थिए। बोर्डले दुर्घटनास्थललाई अनुसन्धानको लागि जोगाउने भनेकोमा युट्युबरले हेलिकप्टरमा सो स्थानमा फर्केर प्लेनको बचेका टुक्रा लिएर हिँडेका थिए। उनलाई पछि अनुसन्धानकै क्रममा पनि बारम्बार ढाँटेको र अमेरिकाको संघीय न्यायिक अनुसन्धानलाई बारम्बार प्रभावित गर्न खोजेको आरोप पनि लगाइएको थियो। त्यसलाई उनले स्वीकार गरेका छन्। अमेरिकी कानुनअनुसार यस्तो अभियोगमा २० वर्षसम्म जेल सजाय हुन सक्छ।

जेकबले शुरूमा अनुसन्धानकर्ताहरूलाई प्लेन उड्दा-उड्दै बन्द भएकोले आफू प्यारासुटको सहायतामा उत्रनु परेको भनेर झुक्याएका थिए। तर युट्युबमा रहेको भिडियोमा उनले सेल्फी स्टिकको सहायताले आफू झरेको मात्र नभएर प्लेन खसेको दृष्‍य पनि अपलोड गरेका छन्। एक वालेट कम्पनीको विज्ञापन गर्ने गरी सो भिडियोका लागि प्रायोजन पाएका जेकबले पहिले वालेटको प्रवर्द्धन गर्ने लामो भिडियो पनि अपलोड गरेका थिए, जुन अहिले हटाइसकिएको छ।

अमेरिकाको संघीय उडान प्राधिकरणले सन् २०२२ को अप्रिलमा उनको पाइलट लाइसेन्स रद्द गरिदिएको थियो। सन् २०१४ को हिउँदे ओलम्पिकमा सहभागिता जनाएका जेकब आफ्नो स्नोबोर्डिङ करियर छोडेर युट्युबर बनेका थिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...