News Portal

लिबियाका लागि नयाँ नेपाली शान्ति टोली प्रस्थान

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ।

स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यहाँ तैनाथ चौथो डफ्फाका एक सय १३ शान्ति सैनिक सेनानी गेलङ लामाको नेतृत्वमा आजै स्वदेश आइपुग्ने जानकारी दिइएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा हाल छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति सैनिक धेरै खटाउने मुलुकको सूचीमा अहिले नेपाल दोस्रो स्थानमा छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...