News Portal

सार्वजनिक भयो चलचित्र टुल्कीको ट्रेलर (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३४८ पटक

काठमाडौं। बहुपति प्रथाको कथामा बनेको चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ। आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र टुल्कीको ट्रेलर शुक्रबार रिलिज गरिएको हो।

एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा मुस्ताङ निवासी मुस्ताङ्गी राजाका भान्जेज्वाई राजेन्द्र ठकुरीले चलचित्र निर्माण गर्न खोजेको थिए।

विविध कठिनाइका बाबजुद मुस्ताङकै विषयमा निर्माण भएको चलचित्र मुक्तिदाता पछि दोश्रो प्रोजेक्टका रुपमा बहुपति प्रथा विषयमा चलचित्र निर्माण गर्ने सपना चलचित्र निर्माता ठकुरीको थियो।

त्यो सपना निर्माता ठकुरीको पूरा हुन नसकेपनि यतिखेर मुस्ताङको नभएर डोल्पाको बहुपति प्रथा विषयमा नेपाली कथानक चलचित्र टुल्कीको निर्माण भएको छ।

द पाल्म ग्रुपले बहुपति प्रथा विषयमा चलचित्र टुल्की निर्माण गरेर नयाँ आयाम थपिदिएको छ। एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परागत प्रचलनमा चलचित्र निर्माण गर्नु सहज भने अवश्य होइन। लामो अध्ययन तथा अनुसन्धान अनि ठूलो बजेट खर्च गरेपछि मात्र निर्माण सम्पन्न भएको हो।

चलचित्र टुल्कीको छायाँकन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा भएको निर्माण कंपनीले भनेको छ।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लाको भेषभूषामा प्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्कीमार्फत देखाइएको निर्माता शेखर लामाको जिकिर छ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको बैबाहिक सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई चलचित्रमा उजागर गरिएको छ।

शेखर लामाको प्रस्तुती रहेको यस चलचित्रलाई देव थापाले निर्देशन तथा सुसिल अधिकारि र नमराज घिमिरेले छायांकन गरेको हुन भने सम्पादन तारा किम्भे थापा संगीत तथा गीतकार ग्यानेन्द्र गिरी र रोहित देउबा हुन भने रेखा जोशी, हरिना नाथ र रोहित देउबाको स्वरमा २ गीत समाबेस रहेको छ र पाश्र्व संगीत सन्जिब सुब्बाको रहेको छ यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र उजेली लामाले गरेका हुन्।

यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, सौजन सुब्बा, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ।बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्म वितरणको जिम्मा डीसीएन र रिच इन्टरटेनमेन्टले पाएको छ।

यस चलचित्रको कथा लक्ष्मण सुनार र पठकथा सम्बाद भने शेखर लामाले गरेका हुन। करिब ४ वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...