News Portal

महाकाली नदीमा नेपाली र भारतीयबिच ढुङ्गा हानाहान, सशस्त्र प्रहरी खटाइयो

हिमालीसंचार संवाददाता
३२४ पटक

धनगढी। भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरी महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्न खोज्दा नेपाल र भारतका स्थानीयहरुबिच ढुङ्गा हानाहान भएको छ।

महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्दा दार्चुलाको महाकाली नगरपालिका–४ को बाङ्गाबगर क्षेत्र बाढीको उच्च जोखिममा पर्ने भन्दै बाङ्गाबगर छेत्रका बासिन्दाले समय समयमा महाकाली नदी डाइभर्ट नगर्न भनि बिरोध गर्न थालेपछि भारतिय पक्षले ढुङ्गा हान्दा नेपालतर्फबाट पनि ढुङ्गा हान्दा शुक्रबार केहीबेर स्थिती तनावग्रस्त बनेको थियो।

तटबन्ध निर्माणका लागि नदी डाइभर्सन गर्ने र पछि नदीको डाइभर्सन हटाउने भनि दुई देशका प्रशासनिक अधिकारीबिच सहमति भएपनि भारतीय पक्षले सहमति कार्यान्वयनमा नल्याउँदा समस्या उत्पन्न भएको हो।

गत भदौ २४ गते महाकाली नदीमा आएको बढीले बाङ्गाबगर क्षेत्रको बस्ती र तटबन्धमा ठूलो छति पुर्याएको थियो भने सो क्षेत्रमा अहिलेसम्म तटबन्ध निर्माण तथा मर्मत भएको छैन।

भारतीय पक्षले महाकाली नदीमा मनोमानी गर्दा नेपाल र भारतका स्थानीयहरुबिच बेलाबेलामा ढुङ्गा हानाहान हुने गरेपनि नेपाल सरकार मौन रहेको देखिएको छ।

अहिले बाङ्गाबगरको महाकाली तटबन्ध क्षेत्रमा स्थिति थप जटिल नबनोस भनि नेपालतर्फ सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...