
काठमाडौं। जजिराले एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान रोकेको छ। जजिराले भैरहवा–कुवेत उडान करिब ३ सातादेखि रोकेको विमानस्थल कार्यालयले बताएको छ।
कार्यालयका प्रवक्ता दिपक बज्रचार्यकाअनुसार एयरवेजले आन्तरिक कारण देखाउँदै उडान रोकिएको बताएको छ।
‘करिब ३ सातादेखि जजिराले उडान रोकेको छ। बीचमा एक पटक उडान पुनः सुरू गर्ने बताएको थियो तर सुरू भएन,’ उनले भने, ‘उडान रोकेकोबारे विमानस्थललाई त्यस्तो कुनै कारण बताएको छैन।’
जजिराले यो विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आएसँगै कुवेतमा सातामा तीन उडान गर्दै आएको थियो। यसबीच जजिराले विभिन्न कारण देखाउँदै पहिले पनि केही महिना उडान बन्द गरेको पनि थियो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
