News Portal

  • प्रदेश सांसदका छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर

    हिमालीसंचार संवाददाता
    २२३ पटक

    उदयपुर। प्रदेश सांसद सम्झना तामाङका ७ बर्षिया छोरालाई कुटपिट गर्ने एकजना अधिवक्ता दोषी ठहर भएका छन्।

    बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो।

    अधिवक्ता तामाङले २०७७ असार २२ गते सो बालकलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परी रिहा भएका थिए। तर, बुधवार जिल्ला अदालत उदयपुरले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो।

    न्यायाधीश कृष्णप्रसाद सुवेदीको एकल इजलासले अधिवक्ता तामाङको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि जेठ १७ गते पुनः पेस गर्न आदेश दिएका छन्। सोही दिन उनको सजाय तोकिनेछ।

    उनी माओवादीको तर्फबाट कोसी प्रदेशका लागि समानुपातिक सांसद हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सम्झौता विवादित: मिराज ढुंगानाले सरकारसँगको १० बुँदे समझदारी अस्वीकारे

    काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक...

    पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारको भ्रष्टाचार छानबिन

    काठमाडौं, २५ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन...

    रिट खारेज गर्न ओलीको माग: “व्यक्तिगत आक्रोशका आधारमा दायर गरिएको छ”

    काठमाडौं, मंसिर २५ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटप्रति कडा प्रतिक्रिया...

    आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

    काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४...

    रंगेली प्रहरीद्वारा ९ सय केजी गाँजा बरामद

    रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको...