News Portal

बालकृष्ण खाण पक्राउ परेपछि शेखर-गगन समूहका ‘घण्टी कांग्रेस’ले नारायणकाजीसँग मनाए खुसीयाली

हिमालीसंचार संवाददाता
३२० पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा निकटका नेताहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेकोमा खुसीयाली मनाएका छन्।

घण्टी कांग्रेसको आरोप लाग्दै आएको गगन–शेखर समूहअन्तर्गतको उप–समूहका नेताहरूले खुसी साटेका छन्। उनीहरूले सभापति शेरबहादुर देउवा निकटका नेता खाण पक्राउ परेकोमा खुसी हुँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यावाद र बधाइ दिएका छन्।

कांग्रेसका विभिन्न तहमा रहेका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा चालेको कदमको प्रशंसा गरेका छन्।

बुधबार गृहमन्त्रालय पुगेर नेताहरू डा.गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादवलगायतका नेताहरू पुगेर गृहमन्त्री श्रेष्ठलाई बधाई तथा आभार व्यक्त गरेका हुन्।

गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध सरकारको कदमको प्रशंसा गरेका थिए।

सम्पूर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले अनुरोध गरेका थिए।

गृहमन्त्री श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मूल प्राथमिकता भएको बताएका थिए।

राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा गृहमन्त्री श्रेष्ठले सफलता हासिल गरेको कांग्रेस नेताहरूले बताएका थिए।

यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइसमेत उनीहरूको थियो।

बुधबार मात्र नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन्। रिपब्लिकादैनिकबाट।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...