News Portal

अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना घाइते

हिमालीसंचार संवाददाता
२५४ पटक

सागर महत, अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा ५ जना घाइते भएका छन्।

वडा नम्बर २ को तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ जना गम्भीर घाइते भएका छन् भने, एक जना मध्यम घाइते भएको अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो।

गम्भीर घाइते हुनेको शरिरका विभिन्न भाग जलेको छ। घर मालिक पदम बेल्बासे, स्थानीयहरु माधव बेल्बासे, घनश्याम बेल्बासे र पिताम्बर बेल्बासे जलेर गम्भीर घाइते भएको प्रहरी नायव उपरिक्षक रिजालले बताउनुभयो।

यस्तै अस्मिता बेल्बासेको शरीरको विभिन्न भाग जलेको छ उहाँको अवस्था मध्यम रहेको बताउनुभयो। आगलागीपछि प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएसंगै अन्य घरहरु जोगिएको वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभयाे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...