News Portal

  • प्रमुख प्रशासकीय अधिकृत हाजिरी गरेको एक घण्टामै सरुवा भएपछि…

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    काठमाडौं । सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् । यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका थिए । नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गरे। स्वागत कार्यक्रम नसकिँदै उनको हातमा अर्को चिठी हात पर्‍यो ।

    उनलाई संघीय मामिला मन्त्रालयले पहिलेकै कार्यालय मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको थियो । ‘मलाई हाजिरी गरेको एक घण्टामै सरुवा गरियो । किन सरुवा गरियो थाहा छैन,’ यादवले भने, ‘तर सरकारी कर्मचारी भएपछि सरकारले जहाँ खटाउँछ, त्यहाँ जानुपर्छ ।’

    हरिपुर्बा नगरपालिकाका मेयर विनोदकुमार साह प्रमुख प्रशासकीय अधिकृत खोज्न एक महिनादेखि काठमाडौंमै बसेका छन् । ‘संघीय मामिला मन्त्रालय धाउँदा धाउँदा निकै कठिनाइले प्रमुख प्रशासकीय अधिकृत पाएको थिएँ । तैपनि एक घण्टामै सरुवा भयो,’ मेयर साहले भने, ‘काठमाडौं आएको एक महिनाभन्दा बढी भइसक्यो। प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन ।’

    आफ्नो पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएपछि मात्र जिल्ला फर्कने साहले बताए । संघीय मामिला मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख कमल भट्टराईले विविध कारणवश कोही कर्मचारीको जिम्मेवारी चाँडो फेरबदल गर्नुपर्ने बताए । ‘यसमा धेरै कारणहरू जोडिएका हुन्छन्,’ उनले भने । यो समाचार आजको नागरिकदैनिकमा प्रकाशित छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...