News Portal

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति (पत्रसहित)

हिमालीसंचार संवाददाता
२५१ पटक

काठमाडौं। सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग ७ बुँदे सहमति गरेको छ। शुक्रबारदेखि धर्नामा बसेका पुनको आविष्कारसम्बन्धी कार्य गर्न सरकारले कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्नेलगायत सहमति गरेको छ।

उपप्रधान, रक्षा तथा कानून मन्त्री पूर्णबहादुर खड्का र पुनबीच सोमबार रक्षा मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा सहमति भएको हो। उपप्रधानमन्त्री खड्का र अध्यक्ष पुनले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

आविष्कारसम्बन्धी कार्य गर्ने कोषको व्यवस्थापनका लागि संसदबाट विधेयक पारित गर्ने सहमति पनि भएको छ। विधेयकको मस्यौदा सरोकारवाला पक्षसँगको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने समझदारी भएको छ।

अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारलाई प्रवद्र्धन गर्न आवश्यक नीतिगत, कानुनी एवं संस्थागत प्रबन्ध गर्ने, आविष्कारबाट उत्पादित वस्तु तथा सेवालाई आवश्यक पर्ने अनुमति, लाइसेन्स लगायतसँग सम्बन्धित कानुनी सुधारमा सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।

सरकारले आगामी आर्थिक वर्षदेखि संघीय सरकारको पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कार कोषमा जम्मा गर्ने पनि सहमति भएको छ।

साथै महावीर पुनको नेतृत्वमा माइतीघर मण्डलमा भइरहेको धर्ना स्थगित गर्ने सहमति पनि भएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...