News Portal

धनगढीमा बुवाले गरे आफ्नै छोराको हत्या

हिमालीसंचार संवाददाता
३३१ पटक

धनगढी। धनगढीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। आज १२ः१५ बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ वर्षीय अर्जुन चौधरीको हत्या गरेका हुन्।

अर्जुनलाई घर देखि करिब १५० मिटर टाढा जंगलमा ईटाले टाउकोमा हानि हत्या गरेको महेशकुमार आफैले स्वीकार गरेको प्रहरीले जनाएको छ।

छोराको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पाल कमाण्डको टोलीले बुवा महेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको बताइएको छ।

घटना भएको स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट ५ किलोमिटर उत्तरमा पर्छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ। दिनेशखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...