News Portal

मुगुका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित

हिमालीसंचार संवाददाता
२९० पटक

मुगु। मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका ज्येष्ठ नागरिक कुखुरापालनमा आकर्षित भएका छन्। सोरु गाउँपालिका–९ कालै गाउँका सिंहबहादुर शाहीसहित ज्येष्ठ नागरिक कुखुरा पालनप्रति आकर्षित भएका छन्।

७२ वर्षीय शाही कुखुरा पालनबाट भएको आम्दानीले बुढ्यौलीको सहारा बनेको बताउँछन्। उनी मात्र होइनन कालै गाउँका दर्जनौँ ज्येष्ठ नागरिकहरु पछिल्लो समय कुखुरापालन गर्न थालेका छन्।

१०० वटा कुखुरा पालन गरि रहेका कृषकहरुलाई कुखुरापालनले घर खर्च टर्नुका साथै छोराछोरी पढाउन सहयोग पुग्ने अपेक्ष पुनदेवी रावलको छ। व्यावसायिक कुखुरापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगबाट सोरु गाउँपालिकाको कालै र धार्क गाउँका ६६ जना कृषकहरुलाई २ हजार ३ ७५ कुखुराका चल्ला वितरण गरिएको छ।

जसमा कालै गाउँका ६१ जनामध्ये ६ जना नुमना कृषकलाई प्रत्येक १०० वटा कुखुराका चल्ला वितरण गरिएको छ भने बाँकी ५५ जना लाई प्रत्येक १० वटा कुखुरा वितरण गरिएको कार्यालयले जनाएको छ।

खजुरामा रहेको संघीय कार्यालय कुखुरा विकास फर्मबाट न्युहेम्पसायर र ब्ल्याकस्टक गरी २ प्रजातिका चल्ला वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...