News Portal

भारतको छत्तिसगढमा प्रहरी सवार गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु

हिमालीसंचार संवाददाता
३७० पटक

रायपुर। भारतको छत्तिसगढ राज्यमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ। छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लामा प्रहरी सवार गाडीले जमिनमुनि विछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनामा गाडीमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको जनाइएको छ। प्रहरीले उक्त घटनामा माओवादी विद्रोहीको संलग्न रहेको हुनसक्ने आशंका गरेको छ।

भारतमा सन् १९६० यता जारी माओवादी सशस्त्र विद्रोहका कारण हालसम्म हजारौं मानिसको ज्यान गएको भएपनि पछिल्ला केही वर्षहरूमा हिंसामा उल्लेखनीय कमी आएको बताइन्छ।

दन्तेवाडा जिल्लामा विद्रोही गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहले विस्फोटमा ज्यान गुमाएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन्। बुधबारको घटना सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति हो।

छत्तिसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले एएफपीसँग भने, “नियमित कामबाट फर्कँदै गर्दा उनीहरूको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो।”

भारतीय टेलिभिजन च्यानल एनडिटिभीमा प्रसारित घटनास्थलको फुटेजमा जमिनमा कैयौँ फिट सम्म फैलिएको खाल्डो र विस्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जा देखिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, “आक्रमणमा ज्यान गुमाएका वीर सैनिकहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु। तिनीहरूको बलिदान सधैं स्मरणीय रहनेछ।”

छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेलले पत्रकारसँग भने, “यो आक्रमण अत्यन्त दुःखद छ।’ उनले राज्यका नक्सलवादीविरुद्ध लड्नका लागि दुई गुणा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, “यो लडाइँ अन्तिम चरणमा छ र हामी कुनै पनि नक्सलवादीलाई छोड्ने छैनौं। हामी नक्सलवादलाई सफाया गर्न उचित योजना बनाउनेछौं।” अहिलेसम्म कुनै पनि विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...