News Portal

  • भारतको छत्तिसगढमा प्रहरी सवार गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु

    हिमालीसंचार संवाददाता
    २५७ पटक

    रायपुर। भारतको छत्तिसगढ राज्यमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ। छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लामा प्रहरी सवार गाडीले जमिनमुनि विछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    घटनामा गाडीमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको जनाइएको छ। प्रहरीले उक्त घटनामा माओवादी विद्रोहीको संलग्न रहेको हुनसक्ने आशंका गरेको छ।

    भारतमा सन् १९६० यता जारी माओवादी सशस्त्र विद्रोहका कारण हालसम्म हजारौं मानिसको ज्यान गएको भएपनि पछिल्ला केही वर्षहरूमा हिंसामा उल्लेखनीय कमी आएको बताइन्छ।

    दन्तेवाडा जिल्लामा विद्रोही गतिविधिको अनुसन्धान गर्ने मिसनबाट फर्केका प्रहरी समूहले विस्फोटमा ज्यान गुमाएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन्। बुधबारको घटना सुरक्षा बलका लागि दुई वर्षयताकै सबैभन्दा ठूलो क्षति हो।

    छत्तिसगढका वरिष्ठ प्रहरी अधिकारी विवेकानन्दले एएफपीसँग भने, “नियमित कामबाट फर्कँदै गर्दा उनीहरूको गाडीलाई लक्षित गरी विस्फोट भएको थियो।”

    भारतीय टेलिभिजन च्यानल एनडिटिभीमा प्रसारित घटनास्थलको फुटेजमा जमिनमा कैयौँ फिट सम्म फैलिएको खाल्डो र विस्फोटका कारण छरिएर रहेका सवारी साधनका पार्टपुर्जा देखिएको छ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, “आक्रमणमा ज्यान गुमाएका वीर सैनिकहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु। तिनीहरूको बलिदान सधैं स्मरणीय रहनेछ।”

    छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेलले पत्रकारसँग भने, “यो आक्रमण अत्यन्त दुःखद छ।’ उनले राज्यका नक्सलवादीविरुद्ध लड्नका लागि दुई गुणा प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले भने, “यो लडाइँ अन्तिम चरणमा छ र हामी कुनै पनि नक्सलवादीलाई छोड्ने छैनौं। हामी नक्सलवादलाई सफाया गर्न उचित योजना बनाउनेछौं।” अहिलेसम्म कुनै पनि विद्रोही समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...

    ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

    कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना...

    कांग्रेसको निर्देशन : रामहरि खतिवडालाई छिट्टै राजीनामा दिनुपर्ने

    काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक...