News Portal

नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मृत्यु

हिमाली संचार संवाददाता
९१४ पटक

पाल्पा : पाल्पा जिल्लामा बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मंगलबार मृत्यु भएको हो । उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् ।

थापाले मगरले चलचित्र लर्फु अर्थात पछ्यौरीमा नामक फिल्ममा नायिकाको रुपमा अभिनय गरेकी थिइन् ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू चढेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो ।

घाइते थापाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । उनको अवस्थासमेत गम्भीर रहेको अस्पतालले जनाएको छ ।

उनीहरूको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो । मगर विद्यार्थी संघ पाल्पाकी पूर्वअध्यक्षसमेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...