News Portal

साउदीले माग्यो नेपाली नर्स, तलब कति ?

हिमालीसंचार संवाददाता
३४१ पटक

रियाद। नेपाली नर्सका लागि साउदी नयाँ र उत्कृष्ट गन्तव्यका रुपमा अघि बढ्दै गएको छ। हाल झण्डै ६०० को संख्यामा साउदीमा नेपाली नर्सहरु रहेका छन्। पछिल्लो समय थप २०० नर्सको माग आएको छ।

बेस मल्टिनेसनल हस्पिटल ग्रुपको डा.सुलिमान अल हबिब हस्पिटल ग्रुप एचएमजीले यो वर्ष २०० नेपाली नर्स माग गरेको हो। मनास्लु इन्टरनेशनल सर्भिसले साउदीमा नेपाली नर्सलाई अवसरबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त हस्पिटलमा कामका लागि जान चाहने नर्सहरुले डकुमेन्ट खर्च बाहेक अन्य खर्च व्यहोर्न नपर्ने जानकारी दिएको छ।

सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले अस्पतालले एक वर्षको आउन जान टिकट, आवास, शतप्रतिशत कभर मेडिकल इन्स्योरेन्स उपलब्ध गराउने बताए। नर्सहरूको लागि भिसा लागत, सरकारी शुल्क, ज्वाइनिङ टिकट र अन्य खर्च पनि अस्पतालले नै व्यहोर्नेछ। बिहीबार मात्रै १४ जना नेपाली नर्स साउदीमा रोजगारीका लागि जाँदैछन्।

नर्सहरुका लागि नर्सिङमा आफ्नो करियर सुरु गर्ने र विश्व स्तरीय अस्पतालमा बहुमूल्य अनुभव प्राप्त गर्ने यो उत्कृष्ट अवसर रहेको श्रेष्ठले बताए। उनका अनुसार अङ्ग्रेजी भाषा राम्रो भएको, कम्युटरको ज्ञान भएको, २१ वर्ष उमेर पुगेको नर्सले आवेदन दिन सक्ने छन्। यसरी जाने नर्सहरुले मासिक १ लाख २० हजारदेखि २ लाख पाउने श्रेष्ठले जानकारी दिए।

डा.सुलिमान अल हबिब हस्पिटलले विगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी दिँदै आएको छ। साउदी सरकारको मापदण्ड अनुसार नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ। अस्पतालले आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट काम गर्ने वातावरण प्रदान गर्न र उनीहरूलाई राम्रोसँग हेरचाहको सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ।

कार्यक्रममा साउदीको अस्पतालहरुमा कार्यरत नर्सहरुको पनि सहभागिता थियो। उनीहरुले आफूले मासिक तलव २ लाखसम्म कमाएको जानकारी गराएका थिए। उनीहरुले नेपालमा रोजगारीको अवसर नपाएपछि विदेसिन बाध्य भइरहँदा अष्ट्रेलिया, वेलायत, अमेरिकामा जान लाखौं खर्चन परिरहेको अवस्थामा साउदीमा थोरै खर्चमा जान पाउनु राम्रो अवसर रहेको बताए। सन् २०१९ बाट नेपाली नर्सहरु साउदीका विभिन्न अस्पतालमा कार्यरत छन्।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...