News Portal

गोकुल बास्कोटा जोडिएको भ्रष्टाचार प्रकरणमा ९ जना विरुद्ध मुद्दा, बास्कोटालाई उन्मुक्ति

हिमालीसंचार संवाददाता
३५२ पटक

काठमाडौंँ। तत्कालिन सञ्चार मन्त्री गोकुल वास्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना विरुद्ध २ अर्ब ६९ करोड भन्दावढिको विगोसहित मुद्दा दायर गरेको छ।

७० करोड कमिशन डिल गरेको आरोप लागेका बास्कोटालाई भने अख्तियारले उन्मुक्ति दिएको छ। उक्त प्रेस खरिदको विषयमा सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटा विवादमा परेपछि उनले राजिनामा दिएका थिए।

मन्त्री बाँस्कोटाले घुस मागेको अडियो नै सार्वजनिक भएको थियो। उक्त प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायतविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारको आरोपपत्रमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि., परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशकविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याएर भ्रष्टाचार गरेको उल्लेख छ।

पौडेलले राज्यकोषमा ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ नोक्सान गरेको अख्तियारको ठहर छ। मुद्दामा सबै ९ जनाविरुद्ध कुल २ अर्ब ६९ करोड भन्दा बढी विगो कायम गरेर जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।

सुरक्षण मुद्रण केन्द्रले प्रेस खरिद गर्दा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक देशमा बनेको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बुल्क फ्युल ट्याङ्क सिस्टम खरिद गर्ने जस्ता कार्यबाट ठुलो अनियमितता भएको अख्तियारले उल्लेख गरेको छ।

सिडिइ नविन कुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख, सहायक निर्देशक रमेश कुमार पोख्रेलविरुद्ध २० करोड ३८ लाख, निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख, शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध ४० करोड, इन्जिनिरयरिङ मार्केटिङ कन्सर्नका प्रवन्ध निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख विगो कायम गरेर सोही अनुसार जरिवाना र कैद सजायको माग गरेको छ। – नेपालआजबाट।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...