News Portal

जनकपुर–जयनगर रेल सेवा अब बेलुकी पनि चल्ने

हिमालीसंचार संवाददाता
२६२ पटक

जनकपुरधाम। दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि ४ पटक चल्न थालेको छ। नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो।

कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र दिउँसो २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ।

यस्तै जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाले जानकारी दिए।

एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट छुट्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरधामका लागि दिउँसो ३ बजे प्रस्थान गर्ने गरेको थियो।

महाप्रबन्धक झाले विजलपुरासम्म रेल सेवा विस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

भक्तपुर–२ को नतिजापछि बस्नेत बोले– जनताको निर्णय सर्वोपरि

भक्तपुर–२ मा पराजित बस्नेत: जनताको निर्णय सम्मान गर्छु काठमाडौं — भक्तपुर क्षेत्र नम्बर २ बाट...

सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश

सर्लाही-प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनाको पछिल्लो प्रारम्भिक परिणाम सार्वजनिक...

आज २०८२ साल फागुन २३ गतेको राशिफल

आज फागुन २३, २०८२ ( मार्च ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...