News Portal

उत्तर प्रदेश प्रहरीले इन्काउन्टरमा मारिदियो पूर्वसांसदका छोरा

हिमालीसंचार संवाददाता
३३० पटक

लखनऊ। भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ। टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका हुन्।

मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र एक अर्का सार्पसुटर रहेका छन्। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए।

उनीहरूलाई उत्तर प्रदेशका विधायक उमेश पालको हत्या गरेको आरोपमा प्रहरीले खोजी गरिरहेको थियो। उनीहरूको टाउकाको मूल्य ५ लाख भारू तोकिएको थियो। पालको गत फेब्रुअरीमा हत्या भएको थियो।

आपराधिक गतिविधिमा संलग्न भएका अतिकका अरू दुई छोरा अहिले जेलमा छन्।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...