News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पैसा तिर्न नसक्दा छोराछोरीसहित श्रीमती अस्पतालमा बन्धक, श्रीमान् विदेशमा बेरोजगार

    हिमालीसंचार संवाददाता
    १६६ पटक

    अजयकुमार साह,धनुषा। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारबापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन्। गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो।

    उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० मा घर फर्काउने निर्णय गरेको थियो। तर, अस्पतालमा उपचारबापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सकेकी छैनन्। उनी अस्पतालमै तीन छोराछोरीसहित बन्धक छिन्। उनले अस्पताललाई उपचारबापतको ६ लाख ६९ हजार तिर्न बाँकी छ। सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाएकी हुन्। उनीसँगै वृद्ध ससुरा पनि अस्पतालमै रहेका छन्।

    ‘हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन। यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ ?)’, मन्तोरिया रायले रुँदै भनिन्।

    कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएकी थिइन्। बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडक खण्डमा बा ६१ प ६६३३ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दियो। प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लडेकी मन्तोरियालाई मोटरसाइकलले ४०-५० मिटर परसम्म घिसारेको थियो। यसरी सडकमा घिसारिएपछि उनको शरीरको विभिन्न भागमा चोट लाग्यो।

    मोटरसाइकल धनुषाकै शहीदनगर नगरपालिका-१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए। सोही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि सवार थिए। चालक राय तत्कालै समातिए। पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन्। चालक रायको घरपरिवारको अवस्था दयनीय छ। उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएनन्। दुर्घटनापश्चात मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि सवार यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए।

    अंगभ‌ंग मुद्दामा चालक राय हाल जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन्। मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै १० लाख अस्पताललाई तिरेको छ। तर, बाँकी पैसा तिर्न उनीसित कुनै उपाय छैन। मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आएकी छिन्।

    सुरुमा दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरी निजीमा सिफारिस गर्ने गरेका छन्।

    अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि घर जाने दिनको प्रतीक्षामा छन्। मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ। उनीसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमै बस्न बाध्य छन्। रामप्रसादले जसोतसो बुहारीको हेरचाह गरेका छन्, तीन नाति-नातिना सम्हालेका छन्।

    मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन्। गत कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै थिइन् तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ। पति रामबहादुरको पनि कमाइ छैन। उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाइन्।

    अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिया अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताए। मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ। केही भाग आन्द्रा काटेर हटाइएको छ। दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ। दायाँ हात पनि भाँचिएको थियो।

    अस्पतालका व्यवस्थापक मण्डलले भने, ‘जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो। बाँच्ने अवस्था न्यून थियो। तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पार्‍यौँ। दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ।’ ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ।

    मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका प्रमुख कारिराम यादव सोमबार अस्पताल पुगेर अवस्था बुझेका छन्। उनले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिएका छन्।

    त्यसैगरी, जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो। टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ। – रासस

    प्रतिकृया दिनुहोस्

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...