News Portal

स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

हिमालीसंचार संवाददाता
३१७ पटक

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्लोभाकिया पठाइदिन्छु भनेर रकम ठग्ने एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका ३ का ४६ वर्षका एकराज नेम्वाङ रहेका छन्।

नेम्वाङले विजय लिम्बुलाई स्लोभाकियाको कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङ्गको काम गरेवापत मासिक २ लाख तलब हुने भन्दै प्रलोभन देखाइ १२ लाख रुपैयाँ लिएर सम्पर्क बिहीन भएका थिए।

पीडितले वैदेशिक रोजगार विभागमा आफू ठगिएको उजुरी दिए थिए। विभागले पक्राउ गरी पठाइ दिन प्रहरीलाई पत्राचार गरेपछि उनी पक्राउ परेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...