News Portal

  • मोरङको रंगेलीमा नागरिकता नहुदा रोजगारीको लागि भारत जान बाध्य

    हिमालीसंचार संवाददाता
    २९९ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको लामो समयदेखि जन्म सिद्ध  नेपाली नागरिकता नपाउदा  पुर्वी मोरङका युवाहरु रोजगारीका लागि भारत जान बाध्य भएका छन् ।

    नेपाली नागरिकता नभएका कारणले गर्दा स्वदेशमा रोजगारी पाउन नसकेपछि उनीहरु भारततर्फ गएर रोजगारी गर्ने वाध्य भएका छन। मोरङको रंगेली नगरपालिका–५ आमगाछीका सुकुम्वासी टोलका युवाहरु आफ्नो श्रीमति, छोरा छोरीहरुका  जीवन यापनका लागि भारतको विभिन्न स्थानहरुमा गएर परिवारका पालनपोषण गर्ने वाध्य भएका छन । 

    सुकुम्वासी टोलका ३० घर परिवारमध्ये १५ परिवारका युवा-युवती तथा महिलाहरु भारतको दिल्ली, पञ्जाव, हरियाणा लगायतका शहरहरुमा गएर काम गर्न बाध्य छन्। नेपाली नागरिकता नहुदा बैक तथा वित्तिय संस्थाहरुले ऋण समेत प्रदान नगर्ने र रोजगार दाताहरुले काम पनि नदिने भएकाले घरमा ताला लगाएर युवाहरु विदेश पलायन भएको स्थानीय विनोद मण्डलले  बताए 

    आमावुवा घरमा भएकाहरुले आमावुवाले घर हेरचाह गरेर वसेका छन भने आमावुवा नभएकाहरु घरमा ताला लगाएर तथा  आफन्तको जिम्मा लगाएर भारततर्फ रोजगारीका लागि  जान बाध्य भएका छन्।  ८ बर्षदेखि कोही भारतमा काम गरिरहेका छन भने केही युवाहरुले ६ महिनादेखि भारतमा गएर काम गर्दै आएका छन । 

    आमावुवाको अंगीकृत नागरिकता भएकाले उनीहरुको सन्तानले नेपाली नागरिकता पाउन सकेका छैन । त्यस्ता परिवारलाई नेपाली नागरिकता प्रदान गर्न नेपाल सरकारले ल्याएको नागरिकता विधेयक पास हुन सकेको छैन । 

    स्थानीय उर्मीलादेवी मालाकारका अनुसार दलका नेताहरुले भोट माग्दा नागरिकता बनाईदिने वाचा गर्छन्। तर, चुनाव सकिएपछि कसैले वास्ता नगरेको उनले दुखेसो पोखिन्। सर्जुदेवी ऋषीदेवले केहि परिवारले वित्तयसंस्थासंग ऋण लिएको र ती संस्थाले ऋण उठाउन कडाईगर्न थालेपछि युवाहरु विदेशीने  क्रम बढेको  समेत बताए । रोजगारी नभएपछि ऋण तिर्न समस्या भएको उनको भनाइ रहेको छ । 

    नागरिक्ता नहुदा नगरपालिकाले संचालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमा समेत युवाहरुले काम गर्न पाइरहेका छैनन्। रोजगारीका लागि जहा गएपनि नागरिकका खोज्ने गरेकाले केहि सिप नलागेर वृद्ध आमावुवालाई घरको हेरचाह गर्ने राखेर छोरा-छोरी विदेश पलायन भएको उर्मिलाले सुनाईन ।  

    यस्ता परिवारको समस्या समाधान गर्न सरकारले चाडै नागरिकता विद्येयक अघि वढाउनुपर्ने र यस्ता परिवारलाई विनाधितो तथा थोरै व्याज लिएर ऋणको व्यवस्था गर्नुपर्ने उनको बुझाई रहेको स्थानीय बिनोद मण्डलले हिमालीसंचारडटकमसंग बताए। कामगर्न सक्ने उमेर भएका छोराछोरी विदेशीय पनी घरमा रहेका वृद्ध आमावुवालाई दुइछाक खान समेत अहिले समस्या हुदै आएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...