News Portal

घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, ग्यासको यथावत्

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। ग्यसको मूल्य भने यथावत राखेको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यसमा अझै ५४५ रुपैयाँ घाटा रहेपनि खुद्रा मूल्य यथावत राखिएको छ। अप्रिल १ मा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आएको मूल्यसूचीमा इन्धनको मूल्य घटेर आएको थियो।

आईओसीबाट इन्धनको मूल्य घटेर आए पनि निगमले मूल्य समायोजन नगरेको भन्दै चर्को दबाब खेप्नुपरेको थियो। निगमले आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ।

यसैगरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँ र (बाह्यतर्फ) प्रति किलोलिटर अमेरिकी डलर ७० (अर्थात् करिब १० रुपैयाँ प्रतिलिटर) ले घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि सञ्चित नोक्सानीमा सञ्चालन हुँदै आएको निगमले जनाएको छ।

यस्तै निगमले नेपाल सरकारको ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब १४ अर्ब रुपैयाँ अझै बाँकी रहेको पनि प्रवक्ता ठाकुरले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...