News Portal

घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य, ग्यासको यथावत्

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। ग्यसको मूल्य भने यथावत राखेको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यसमा अझै ५४५ रुपैयाँ घाटा रहेपनि खुद्रा मूल्य यथावत राखिएको छ। अप्रिल १ मा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आएको मूल्यसूचीमा इन्धनको मूल्य घटेर आएको थियो।

आईओसीबाट इन्धनको मूल्य घटेर आए पनि निगमले मूल्य समायोजन नगरेको भन्दै चर्को दबाब खेप्नुपरेको थियो। निगमले आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ।

यसैगरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँ र (बाह्यतर्फ) प्रति किलोलिटर अमेरिकी डलर ७० (अर्थात् करिब १० रुपैयाँ प्रतिलिटर) ले घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि सञ्चित नोक्सानीमा सञ्चालन हुँदै आएको निगमले जनाएको छ।

यस्तै निगमले नेपाल सरकारको ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब १४ अर्ब रुपैयाँ अझै बाँकी रहेको पनि प्रवक्ता ठाकुरले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...