News Portal

माल्टा पठाउने नाममा ठगी

हिमालीसंचार संवाददाता
२६८ पटक

खोटाङ। माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिएका छन्। माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले २ लाख लिएर ठगी गरेका हुन्।

माल्टा पठाउने भन्दै २ लाख लिएका शाहीले ९ महिना बित्दासमेत विदेश नपठाएको आफन्त यानकुमार राईले बताए। माल्टा पठाउने भनेपछि दिपेशकी आमा प्रमिला राईले २०७९ असार १३ गते शाहीको नाममा २ लाख १० हजार जम्मा गरिदिएकी थिईन्।

विदेश पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले पटकपटक भाका राख्दै ढाँट्ने गरेका छन्। भनेको समयभित्र माल्टा पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले मंसिरमा निकाल्न मिल्नेगरी २०७९ साउन २४ गते माछापुछ्रे बैंकको २ लाखको चेक दिएका थिए तर झिक्न जाँदा खातामा कहिल्यै पैसा नभएको पिडित परिवारले बताएका छन्। फोन गर्दा भाका राखेकोराख्यै गर्ने वा फोन नउठाउने गरेको राईले बताए।

‘न विदेश पठायो, न पैसा फिर्ता दियो,’ राईले भने, ‘पैसा झिक्न बैंकमा जाउ भन्छ, गएर चेक गर्दा खातामा पैसा हुन्न। फोन गर्दा भाका राखेको राख्यै गर्छ। कति ढाँटेढाँटे भनिसाध्य छैन।’ पैसा फिर्ताका लागि कानुनी प्रकृया अपनाउने तयारी गरिएको पिडित परिवारले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...