News Portal

म्यानमारमा सैनिक सरकारले खारेज गरिदियो सुकीको पार्टी

हिमालीसंचार संवाददाता
३९४ पटक

एजेन्सी। म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुकीको राजनीतिक दल खारेज गरिदिएको छ।

सरकारी टेलिभिजनले मंगलबार साँझ सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टीसहित ४० दल खारेज भएको समाचार प्रसारण गरेको अलजजिराले जनाएको छ।

सैनिक सरकारले निर्वाचन आयोगमा दर्ता हुन दिएको समयमा दर्ता नभएको भन्दै म्यानमारको निर्वाचन आयोगले ती दलहरू खारेज गरिदिएको बताइएको छ।

सन् २०२१ मा म्यानमारमा सेनाले नागरिक सरकार अपदस्त गर्दै सत्ता हातमा लिएको थियो। त्यसअघि सन् २०२० को नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टीले संसदमा बहुमत ल्याएको थियो। सेनाले उक्त चुनावमा धाँधली भएको भन्दै कू गरेको थियो।

राजनीतिक दलहरूलाई दर्ता हुन आह्वान गरे पनि सेनाले चुनावको मिति तोकेको छैन। विभिन्न मुद्दा लगाइएकी ७७ वर्षीया सुकीलाई ३३ वर्ष जेल सजाय सुनाइएको छ।

सुकीको दलले भने सैनिक सरकारले गर्ने अवैधानिक चुनावमा आफूले भाग नलिने बताएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...