News Portal

  • म्यानमारमा सैनिक सरकारले खारेज गरिदियो सुकीको पार्टी

    हिमालीसंचार संवाददाता
    ३२६ पटक

    एजेन्सी। म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुकीको राजनीतिक दल खारेज गरिदिएको छ।

    सरकारी टेलिभिजनले मंगलबार साँझ सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टीसहित ४० दल खारेज भएको समाचार प्रसारण गरेको अलजजिराले जनाएको छ।

    सैनिक सरकारले निर्वाचन आयोगमा दर्ता हुन दिएको समयमा दर्ता नभएको भन्दै म्यानमारको निर्वाचन आयोगले ती दलहरू खारेज गरिदिएको बताइएको छ।

    सन् २०२१ मा म्यानमारमा सेनाले नागरिक सरकार अपदस्त गर्दै सत्ता हातमा लिएको थियो। त्यसअघि सन् २०२० को नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टीले संसदमा बहुमत ल्याएको थियो। सेनाले उक्त चुनावमा धाँधली भएको भन्दै कू गरेको थियो।

    राजनीतिक दलहरूलाई दर्ता हुन आह्वान गरे पनि सेनाले चुनावको मिति तोकेको छैन। विभिन्न मुद्दा लगाइएकी ७७ वर्षीया सुकीलाई ३३ वर्ष जेल सजाय सुनाइएको छ।

    सुकीको दलले भने सैनिक सरकारले गर्ने अवैधानिक चुनावमा आफूले भाग नलिने बताएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...