News Portal

काम लागेन ‘चुच्चे नक्सा’, किन आएन लिपुलेकको तथ्यांक ?

हिमालीसंचार संवाददाता
३२५ पटक

धनगढी। महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ भित्र छाङरु र टिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ। उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन।

सरकारले नेपालको नयाँ ‘चुच्चे नक्सा’ प्रयोगमा ल्याए पनि चुच्चे नक्सामा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेन।

उक्त क्षेत्रमा पुग्न भारतको बाटो भएर जानुपर्ने र त्यहाँ तैनाथ भारतीय सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी)ले जाने अनुमति नदिएपछि जनगणनाको लगत लिने प्रतिनिधि खटाउन नसकेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु गाउँको पारिपट्टि भारतको गर्ब्याङ गाउँमा सौका समुदायको बसोबास रहेको यो गाउँसँगै भारतीय सुरक्षाकर्मीको पोस्ट छ। यो गाउँबाट करिब १० किलोमिटर अगाडि महाकालीवारि भारतले अतिक्रमण गरेको नेपाली भूमि गुञ्जी गाउँ पर्छ।

‘यो सरकारले कूटनीतिक पहलबाट हुने र बोल्नुपर्ने विषय भएपनि हुन सकेको छैन्। अरू मुलुकको कब्जामा रहेको भूमिमा सुरुदेखि नै जनगणनाको कुनै क्रियाकलाप गर्न दिएन। कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न चाहे पनि सम्भव नभएको अधिकारीहरुको तर्क छ।

सो क्षेत्रमा पाँच सय हाराहारीमा जनसंख्या रहेको अनुमान छ। घरसंख्या यकिन छैन। लगत लिन नसकेकाले उक्त भूभागको जनसंख्या जनगणनाको प्रतिवेदनमा समावेश नरहेको बताइएको छ।

बर्खामासलगत्तै सञ्चालित राष्ट्रिय जनगणनामा महाकालीपारि व्यास गाउँपालिका–१ को छाङरु र टिंकर क्षेत्रमा खटाइएका कर्मचारीले व्यहोरेको सास्तीको उचित मूल्यांकन गर्न नसकिएको हो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...