News Portal

मिरा चौधरीसहित ४ डीआईजी एआईजीमा बढुवा सिफारिस

हिमालीसंचार संवाददाता
२४५ पटक

काठमाण्डौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिस हुनेमा डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ छन्। उनीहरू शुक्रबार आईजीपी बढुवा भएका बसन्तबहादुर कुँवरकै ब्याची हुन्।

उनीहरूलाई गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो। प्रहरीका ८ एआईजीमध्ये ४ एआईजी पद रिक्त थियो। रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।

आईजीपी धीरजप्रताप सिंहसँगै तीन एआईजीले अवकाश पाएपछि सो पद रिक्त भएको थियो। मिरा चौधरी एआईजी बढुवा सिफारिस भएसँगै प्रहरीमा दुई महिला एआईजी भएका छन्। यसअघि किरण बज्राचार्य एआईजीमा बढुवा भएकी थिइन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...