News Portal

  • समिक्षा अधिकारीलाई गित गाउन दिन छाडेपछि…

    हिमालीसंचार संवाददाता
    २४९ पटक

    काठमाडौँ। एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूचीमा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज भर्थिन्।

    चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चल्थ्यो। समीक्षालाई गीत गाउन लगाउने गीतकार तथा संगीतकारको लामो सूची नै बन्थ्यो। चलचित्रमा पनि उनको माग उस्तै थियो। गीत गाएर समीक्षा दिनकै ५ लाखसम्म पारिश्रमिक कमाउँथिन्।

    तर अहिले परिस्थिति फेरिएको छ। समीक्षाको गायन यात्रा रोकिएको छ। उनलाई गीत गाउन लगाउने पर्खाइमा बसेका गीतकार तथा संगीतकारले बाटो मोडिसकेका छन्। हिजोआज समीक्षाका गीत होइन, उनले लेखेका स्टाटसको चर्चा हुने गरेको छ। उनी समय समयमा फेसबुकमा स्टाटस राख्छिन्।

    केही समय उनको स्टाटसको चर्चा हुन्छ, एकखालको तरंग ल्याउँछ। ​समीक्षाले पछिल्लो पटक युद्ध र जीवनलाई जोडेर स्टाटस लेखेकी छिन्। उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै हुने तर्क प्रस्तुत गरेकी छिन्। चोट बिनाको जिन्दगी अधुरो रहने भन्दै समीक्षाले सार्वजनिक गरेको स्टाटसले उनी आफैं चोटमा रहेको संकेत गर्छ।

    उनी केही समययता गायनमा सक्रिय छैनन्। सामाजिक सञ्जालमा पनि उनी निक्कै अस्थिर देखिन्छिन्। समय समयमा स्टाटस लेख्ने, त्यसलाई एडिट गर्ने फेरी हटाउने र नयाँ पोस्ट गर्ने गरिरहन्छिन्। छोटो समयमा उत्कृष्ट ५ गायिकाको सूचीमा पर्न सफल समीक्षाको जीवनको लय फेरिएको छ।

    समिक्षा अहिले उनकी बहिनिसंग अष्ट्रेलियामा छिन। समिक्षा उनकी बहिनिसहित अस्ठेलिया गएकी हुन्। उनि अब उतै सेटल हुनेछिन। आफ्नो बाकी अध्ययन पनि उतैबाट पुरा गर्ने बताईएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...