News Portal

समिक्षा अधिकारीलाई गित गाउन दिन छाडेपछि…

हिमालीसंचार संवाददाता
२७९ पटक

काठमाडौँ। एक समय थियो समीक्षा अधिकारीको गायन चर्चामा हुन्थ्यो। उनले गाएका धेरै गीत चर्चित भए। समीक्षाले स्वर दिएका गीतले धेरैलाई लोकप्रिय पनि बनाए। उनी सानै उमेरमा व्यस्त गायिकाको सूचीमा पर्थिन्। दिनकै ५/७ वटा गीतमा आवाज भर्थिन्।

चलचित्रको पार्श्व गायनदेखि लोक गीत तथा आधुनिक गीत सबै विधाका गीतमा उनको स्वरको जादु चल्थ्यो। समीक्षालाई गीत गाउन लगाउने गीतकार तथा संगीतकारको लामो सूची नै बन्थ्यो। चलचित्रमा पनि उनको माग उस्तै थियो। गीत गाएर समीक्षा दिनकै ५ लाखसम्म पारिश्रमिक कमाउँथिन्।

तर अहिले परिस्थिति फेरिएको छ। समीक्षाको गायन यात्रा रोकिएको छ। उनलाई गीत गाउन लगाउने पर्खाइमा बसेका गीतकार तथा संगीतकारले बाटो मोडिसकेका छन्। हिजोआज समीक्षाका गीत होइन, उनले लेखेका स्टाटसको चर्चा हुने गरेको छ। उनी समय समयमा फेसबुकमा स्टाटस राख्छिन्।

केही समय उनको स्टाटसको चर्चा हुन्छ, एकखालको तरंग ल्याउँछ। ​समीक्षाले पछिल्लो पटक युद्ध र जीवनलाई जोडेर स्टाटस लेखेकी छिन्। उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै हुने तर्क प्रस्तुत गरेकी छिन्। चोट बिनाको जिन्दगी अधुरो रहने भन्दै समीक्षाले सार्वजनिक गरेको स्टाटसले उनी आफैं चोटमा रहेको संकेत गर्छ।

उनी केही समययता गायनमा सक्रिय छैनन्। सामाजिक सञ्जालमा पनि उनी निक्कै अस्थिर देखिन्छिन्। समय समयमा स्टाटस लेख्ने, त्यसलाई एडिट गर्ने फेरी हटाउने र नयाँ पोस्ट गर्ने गरिरहन्छिन्। छोटो समयमा उत्कृष्ट ५ गायिकाको सूचीमा पर्न सफल समीक्षाको जीवनको लय फेरिएको छ।

समिक्षा अहिले उनकी बहिनिसंग अष्ट्रेलियामा छिन। समिक्षा उनकी बहिनिसहित अस्ठेलिया गएकी हुन्। उनि अब उतै सेटल हुनेछिन। आफ्नो बाकी अध्ययन पनि उतैबाट पुरा गर्ने बताईएको छ।

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...