News Portal

एआइजीको जागिर धरापमा, ज्ञवालीले जन्ममिति फरक पारेर झुक्याएको आरोप

हिमालीसंचार संवाददाता
३३८ पटक

काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको उमेर विवादमा छानविन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीको उमेर विवादबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै छानविन सुरु भएको हो।

अख्तियारले छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न समेत भनेको छ। उमेर ढाँटेर सेवा प्रवेश गरेको आरोपसहित ज्ञवालीविरुद्ध फागुन १४ गते अख्तियारमा उजुरी परेको थियो। ज्ञवालीले जन्ममिति फरक पारेर सरकारी निकायलाई झुक्याएको आरोप छ।

ज्ञवालीले बुधबार मात्रै एआइजीको दर्ज्यानी चिन्ह लगाएका हुन्। उनी प्रहरी प्रमुखका लागि लविङमा जुटेका छन्। सरकारले शुक्रबार आइजीपी नियुक्त गर्दै छ। यसअघि उमेर विवादकै कारण ज्ञवालीकै ब्याची डीआइजी अशोक सिंहले राजीनामा दिएका थिए।

उमेर विवादकै कारण उनको बढुवा रोकिएपछि सिंह प्रहरी प्रमखुको लाइनबाट आउट भए। सरकारले प्रहरी प्रमुख छान्ने बेलैमा ज्ञवालीको पनि उमेर विवादमा छानविन सुरु भएको हो। उमेर तलमाथि गरेर जागिर खाएको पुष्टि भएमा ज्ञवालीको जागिर धरापमा पर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...