News Portal

एआइजीको जागिर धरापमा, ज्ञवालीले जन्ममिति फरक पारेर झुक्याएको आरोप

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको उमेर विवादमा छानविन थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीको उमेर विवादबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएसँगै छानविन सुरु भएको हो।

अख्तियारले छानबिन गरी एक महिनाभित्रमा प्रतिवेदन पेस गर्न समेत भनेको छ। उमेर ढाँटेर सेवा प्रवेश गरेको आरोपसहित ज्ञवालीविरुद्ध फागुन १४ गते अख्तियारमा उजुरी परेको थियो। ज्ञवालीले जन्ममिति फरक पारेर सरकारी निकायलाई झुक्याएको आरोप छ।

ज्ञवालीले बुधबार मात्रै एआइजीको दर्ज्यानी चिन्ह लगाएका हुन्। उनी प्रहरी प्रमुखका लागि लविङमा जुटेका छन्। सरकारले शुक्रबार आइजीपी नियुक्त गर्दै छ। यसअघि उमेर विवादकै कारण ज्ञवालीकै ब्याची डीआइजी अशोक सिंहले राजीनामा दिएका थिए।

उमेर विवादकै कारण उनको बढुवा रोकिएपछि सिंह प्रहरी प्रमखुको लाइनबाट आउट भए। सरकारले प्रहरी प्रमुख छान्ने बेलैमा ज्ञवालीको पनि उमेर विवादमा छानविन सुरु भएको हो। उमेर तलमाथि गरेर जागिर खाएको पुष्टि भएमा ज्ञवालीको जागिर धरापमा पर्ने देखिन्छ।

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...