News Portal

नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त

हिमालीसंचार संवाददाता
३०४ पटक

काठमाडौँ। नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा वसन्त बहादुर कुँवर नियुक्त भएका छन्। शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय गरेको हो।

योसँगै कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी भएका छन्। एआईजीको वरीयतामा कुँवर नै पहिलो नम्बरमा थिए। आईजीपी कुँवर ८ चैतमा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए।

एआईजीको फूली लगाएको तीन दिनमै कुँवर आईजीपीमा बढुवा भएका हुन्। प्रहरी महानिरीक्षकका लागि कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि दौडमा थिए। आईजीपी धीरजप्रताप सिंह प्रहरी नियमावली, २०७१ मा रहेको ३० वर्षे सेवा अवधिका कारण आजैदेखि अवकाशमा जाँदैछन्।

आईजीपी कुँवरले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए। भदौ २०६३ मा डीएसपीमा बढुवा भएका कुँवर फागुन २०७१ मा एसपी, फागुन २०७५ मा एसएसपी र ८ असार २०७९ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए।

९ महिना डीआईजीको अनुभव गरेका कुँवरसँग मधेस प्रदेश प्रहरी प्रमुख र प्रहरीको प्रधान कार्यालयको कार्य विभागको कमाण्ड सम्हालेको अनुभव छ।

एसएसपी हुँदा कुँवरले प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिका र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्डसमेत सम्हालेका छन्। त्यस्तै, एसपीमा नुवाकोट र चितवन जिल्ला प्रमुखका रूपमा काम गरेका थिए। डीएसपी हुँदा मनाङ, गोरखा र धादिङ जिल्लाको कमण्ड सम्हालेको अनुभव उनीसँग छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...