News Portal

  • नेपाल प्रहरीको आईजीपीमा वसन्त कुँवर नियुक्त

    हिमालीसंचार संवाददाता
    २४८ पटक

    काठमाडौँ। नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा वसन्त बहादुर कुँवर नियुक्त भएका छन्। शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय गरेको हो।

    योसँगै कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी भएका छन्। एआईजीको वरीयतामा कुँवर नै पहिलो नम्बरमा थिए। आईजीपी कुँवर ८ चैतमा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए।

    एआईजीको फूली लगाएको तीन दिनमै कुँवर आईजीपीमा बढुवा भएका हुन्। प्रहरी महानिरीक्षकका लागि कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि दौडमा थिए। आईजीपी धीरजप्रताप सिंह प्रहरी नियमावली, २०७१ मा रहेको ३० वर्षे सेवा अवधिका कारण आजैदेखि अवकाशमा जाँदैछन्।

    आईजीपी कुँवरले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए। भदौ २०६३ मा डीएसपीमा बढुवा भएका कुँवर फागुन २०७१ मा एसपी, फागुन २०७५ मा एसएसपी र ८ असार २०७९ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए।

    ९ महिना डीआईजीको अनुभव गरेका कुँवरसँग मधेस प्रदेश प्रहरी प्रमुख र प्रहरीको प्रधान कार्यालयको कार्य विभागको कमाण्ड सम्हालेको अनुभव छ।

    एसएसपी हुँदा कुँवरले प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिका र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्डसमेत सम्हालेका छन्। त्यस्तै, एसपीमा नुवाकोट र चितवन जिल्ला प्रमुखका रूपमा काम गरेका थिए। डीएसपी हुँदा मनाङ, गोरखा र धादिङ जिल्लाको कमण्ड सम्हालेको अनुभव उनीसँग छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं, कार्तिक ३ – सुम्निमा हाइड्रोपावर कम्पनीले आफ्नो प्रारम्भिक शेयर (IPO) सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे...

    कुवेतमा हृदयघातबाट सिटी बस चालक नेपालीको मृत्यु

    (प्रतीकात्मक फाईल तस्बिर।) कुवेत सिटी, कुवेत। कुवेतको सिटी ग्रुप कम्पनीमा ड्राइभरका रूपमा कार्यरत होम बहादुर...

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइपुग्यो

    काठमाडौं, कात्तिक ३ – अध्ययनका लागि इजरायल गएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको...

    कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं” भन्ने नाराको साथ गठन भएको...

    गंगा दाहालले माओवादी सचिवालय संयोजक पदबाट राजीनामा दिइन्

    काठमाडौं, कार्तिक ३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की सचिवालय संयोजक गंगा दाहालले पदबाट...