News Portal

दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि ४ छोराछोरीको बिचल्ली

हिमालीसंचार संवाददाता
३१२ पटक

मुगु। निन्याउरो मलिन अनुहार, रुखको हाँगामा फैलिएका पात जस्तै कपाल। न घर, न बार। पानी चुहिने छानो भएको घरमा न खाना छ, न नाना नै। न ओत लाग्ने ठाउँ, न ओढ्ने–ओछ्याउने कपडा नै। यो दृश्य हो, मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघा गाउँको।

दुवै मिर्गौला फेल भएर लक्ष्मी रावतको मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ। सात महिनाकै बालकले आमा गुमाएको मात्र छैन, ४ जना बालबालिका पनि बिचल्लीमा परेका छन्।

गत माघको अन्तिम तिर आमा लक्ष्मी रावतको दुवै मिर्गौला फेल भएर मृत्यु भएपछि उनका दुई छोरा र दुई छोरी बिचल्लीमा परेका हुन्। आमाको मृत्युपछि दुधे बालकको अवस्थाले जो कोहिको मन भक्कानिएर आउँछ।

आमा लक्ष्मी रावतको मृत्यु भएपछि ७ महिने दुधे बालकसहित अन्य तीनजना बालबालिका सहाराको पर्खाइमा छन्। लक्ष्मीकी आमा बाँचकला बोहोराको घरमा बालबालिकाले आश्रय लिँदै आएका महिला स्वास्थ्य स्वयंसेविका हरिकन्या नेपालीले जानकारी दिइन्। उनका अनुसार सात महिना र ८ वर्षका छोरा र ६ र ४ वर्षकी छोरी छन्।

खेतपातीले ६ महिनासमेत खान नपुग्ने भएपछि लक्ष्मीका पति २७ वर्षीय सुरत रावत मजदुरी गर्छन्। ती बालबालिकाको सहारा बनेका बुबा सुरत र नाताले हजुर आमा पर्ने बाँचकला हुन्। तर, सुरत मजदुरी गर्न जाने भएकाले सबै जिम्मेवारी बाँचकलाकै काँधमा आइपरेको छ।

‘अब त यी टुहुराहरुको पालनपोषण कसले गर्देला रु हामी बुढाबुढी डाँडामाथिका घाम भइसक्यौँ,’ ६० वर्षीया बाँचकलाले भनिन्। लक्ष्मीको मृत्युपछि ७ महिने बालक बिरामी परेकाले घरमै थला परेको उनले बताइन्।

आर्थिक अवस्था कमजोर भएकाले बालबालिकाको पालनपोषण गर्न छिमेकहरुले संकलन गरेर दिएको ३५ हजार रुपैयाँले खर्च गरेको बाँचकलाले बताइन्। तर, उक्त रकम पनि सकिएकाले अब कसरी बालबालिकाको पालनपोषण र शिक्षादीक्षा दिने भन्नेमा बाँचकला र उनका ज्वाइँ तथा लक्ष्मीका पति सुरत चिन्तित् छन्।

घरमा खान अन्नमात्रको अभाव होइन, बासका लागि सुरक्षित छानासहितको घरसमेत नरहेकाले बालबालिकाको स्वास्थ्यमा समेत असर गर्न थालेको स्थानीय बताउँछन्। राज्यले शिक्षा, स्वास्थ्य, गाँसबास नभएकालाई हेरविचार गर्नुपर्नेमा वडा र नगरपालिकाले अहिलेसम्म चासो नदिएको हजुरआमा बाँचकलाको गुनासो छ।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...