News Portal

कर्णालीलाई स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडी पुरस्कृत

हिमालीसंचार संवाददाता
३०९ पटक

सुर्खेत। कर्णाली प्रदेश सरकारले विभिन्न बिधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरूलाई पुरस्कृत गरेको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न बिधाका खेलमा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

सन् २०२१ मा भारतको सिक्किममा आयोजित स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्ती नगद २ लाखसहित सम्मान गरिएको छ।

यस्तै, गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार, गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता सुर्खेतका दीपक हमाल र एथलेटिक्समा स्वर्ण विजेता जुम्लाका दुर्गबहादुर बुढालाई २/२ लाख नगदसहित सम्मान गरिएको हो।

त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने ४ जनालाई प्रतिव्यक्ति जनही एक लाख ५० हजार र कास्य पदक जित्ने ११ जना खेलाडीलाई नगद १/१ लाख, काठमाडौंमा सम्पन्न १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णालीलाई स्वर्ण दिलाउने सुर्खेतका सुरेश चौधरी र अजय विक तथा कालिकोटका भावना फर्साललाई २०/२० हजार नगदसहित सम्मान गरिएको हो।

यस्तै, सोही प्रतियोगितामा रजत पदक विजेता ७ जना खेलाडीलाई १५ हजार र कास्य पदक विजेता १६ जनालाई १० हजारका दरले पुरस्कार वितरण गरिएको हो। कर्णालीलाई पदक दिलाउने खेलाडीको सम्मान र उनीहरूमा थप उत्प्रेरणा बढाउन नगद पुरस्कार उपलब्ध गराइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।

पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णालीमा खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...