News Portal

कर्णालीलाई स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडी पुरस्कृत

हिमालीसंचार संवाददाता
२६४ पटक

सुर्खेत। कर्णाली प्रदेश सरकारले विभिन्न बिधाका खेलमा कर्णालीलाई पदक दिलाउने खेलाडीहरूलाई पुरस्कृत गरेको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न बिधाका खेलमा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।

सन् २०२१ मा भारतको सिक्किममा आयोजित स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्ती नगद २ लाखसहित सम्मान गरिएको छ।

यस्तै, गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार, गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता सुर्खेतका दीपक हमाल र एथलेटिक्समा स्वर्ण विजेता जुम्लाका दुर्गबहादुर बुढालाई २/२ लाख नगदसहित सम्मान गरिएको हो।

त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने ४ जनालाई प्रतिव्यक्ति जनही एक लाख ५० हजार र कास्य पदक जित्ने ११ जना खेलाडीलाई नगद १/१ लाख, काठमाडौंमा सम्पन्न १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णालीलाई स्वर्ण दिलाउने सुर्खेतका सुरेश चौधरी र अजय विक तथा कालिकोटका भावना फर्साललाई २०/२० हजार नगदसहित सम्मान गरिएको हो।

यस्तै, सोही प्रतियोगितामा रजत पदक विजेता ७ जना खेलाडीलाई १५ हजार र कास्य पदक विजेता १६ जनालाई १० हजारका दरले पुरस्कार वितरण गरिएको हो। कर्णालीलाई पदक दिलाउने खेलाडीको सम्मान र उनीहरूमा थप उत्प्रेरणा बढाउन नगद पुरस्कार उपलब्ध गराइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।

पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णालीमा खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...