News Portal

स्व.नेता बास्तोलाको सम्झनामा अमेरिकामा श्रद्धाञ्जलीसभा

हिमाली संचार संवाददाता
११५३ पटक

अमेरिका : जनसम्पर्क समिति अमेरिकाले पुर्वमन्त्रि एवं भारतका लागी पुर्व राजदुत स्व. चक्रप्रसाद बस्तोलाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरियो । उक्त सभा पुर्वअर्थमन्त्रि राम शरण महतको प्रमुख आथित्यमा भएको थियो। न्युयोर्कको ज्याक्सनहाइटमा सम्पन्न कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न सस्थाका प्रतिनिधिहरुले स्व.चक्र बस्तोलाले नेपालको परिवर्तित आन्दोलनमा महत्वपुर्ण भुमिका निभाउनुको साथै मुलुकको विकासमा पुर्‍याउनु भएको योगदानको बारेमा चर्चा गरेका थिए ।

जन सम्पर्क समितिका सभापति आनन्द विष्टको सभापतित्वमा भएको कार्यक्रममा पुर्व मन्त्रि महतले मुलुकको राजनितिक आन्दोलनको साथै देशको आर्थिक विकास र कुटनितिक क्षेत्रमा स्व नेता बास्तोलाले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।

समितिका महासचिव मुनिन्द्र नेम्हाङले सञ्चालन गरेको कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष तथा कानुन व्यवसायी खगेन्द्र क्षेत्री, गुल्मी जिल्लाको कांग्रेसको नेता त्रेलोक्या प्रताप सेन, आदीवासी जनजाती महासंघ फिफनाका बरिष्ठ उपाध्याक्ष राजकुमार विष्ट , नेपाली कांग्रेस महासमिति सदस्य बेद खरेल, समितिको सल्लाहकार कृष्ण बहादुर विष्टएनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजा, नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुडामगर, एनआरएन आइसिसिका सदस्य बन्दना कोइराला, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, युनाइटेढ किरात राई एसोसियसन न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, गुरुङ समाजका अध्यक्ष जीतजंग गुरुङ ,मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप मगर, जन सम्पर्क समिति न्युयोर्क च्याप्टरका उपाध्याक्ष अमर तामाङ, नर्थ अमेरिका तामाङका अध्यक्ष लकेन लामा लगायतले स्व नेता बास्तोलाको योगदानको चर्चा गदै शोक मन्तव्य दिएका थिए ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...