News Portal

स्व.नेता बास्तोलाको सम्झनामा अमेरिकामा श्रद्धाञ्जलीसभा

हिमाली संचार संवाददाता
१२२४ पटक

अमेरिका : जनसम्पर्क समिति अमेरिकाले पुर्वमन्त्रि एवं भारतका लागी पुर्व राजदुत स्व. चक्रप्रसाद बस्तोलाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरियो । उक्त सभा पुर्वअर्थमन्त्रि राम शरण महतको प्रमुख आथित्यमा भएको थियो। न्युयोर्कको ज्याक्सनहाइटमा सम्पन्न कार्यक्रममा न्युयोर्कमा रहेका विभिन्न सस्थाका प्रतिनिधिहरुले स्व.चक्र बस्तोलाले नेपालको परिवर्तित आन्दोलनमा महत्वपुर्ण भुमिका निभाउनुको साथै मुलुकको विकासमा पुर्‍याउनु भएको योगदानको बारेमा चर्चा गरेका थिए ।

जन सम्पर्क समितिका सभापति आनन्द विष्टको सभापतित्वमा भएको कार्यक्रममा पुर्व मन्त्रि महतले मुलुकको राजनितिक आन्दोलनको साथै देशको आर्थिक विकास र कुटनितिक क्षेत्रमा स्व नेता बास्तोलाले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।

समितिका महासचिव मुनिन्द्र नेम्हाङले सञ्चालन गरेको कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष तथा कानुन व्यवसायी खगेन्द्र क्षेत्री, गुल्मी जिल्लाको कांग्रेसको नेता त्रेलोक्या प्रताप सेन, आदीवासी जनजाती महासंघ फिफनाका बरिष्ठ उपाध्याक्ष राजकुमार विष्ट , नेपाली कांग्रेस महासमिति सदस्य बेद खरेल, समितिको सल्लाहकार कृष्ण बहादुर विष्टएनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजा, नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुडामगर, एनआरएन आइसिसिका सदस्य बन्दना कोइराला, नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, युनाइटेढ किरात राई एसोसियसन न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, गुरुङ समाजका अध्यक्ष जीतजंग गुरुङ ,मगर संघ अमेरिकाका अध्यक्ष कुलदिप मगर, जन सम्पर्क समिति न्युयोर्क च्याप्टरका उपाध्याक्ष अमर तामाङ, नर्थ अमेरिका तामाङका अध्यक्ष लकेन लामा लगायतले स्व नेता बास्तोलाको योगदानको चर्चा गदै शोक मन्तव्य दिएका थिए ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...