News Portal

विव्यस अध्यक्ष बोहरा भ्रष्टाचार मुद्दामा दोषी ठहर

हिमालीसंचार संवाददाता
२४२ पटक

काठमाडौ। डोटीको केदारेश्वर उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइरालाको इजलासले बोहरालाई दोषी ठहर गर्दै जरिवाना हुने सजाय सुनाएको हो।

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार बोहरालाई चार लाख एक हजार रुपैयाँ रुपैयाँ बिगोबमोजिम जरिवाना हुने फैसला भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहरामाथि ५ फागुन ०७६ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनले विद्यालयको रकम हिनामिना गरेको अभियोग लागेकोमा उक्त दाबी पुष्टि भएको हो।

बोहराले जिल्ला शिक्षा कार्यालय डोटीबाट निकासा भएको ४१ लाख ५४ हजार रुपैयाँमध्ये सात लाख २९ हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको थियो।

अख्तियारका अनुसार उनले छात्रवृत्ति र भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा चार लाख रुपैयाँ जरिवाना तिराउने फैसला भएको हो।

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...