News Portal

विव्यस अध्यक्ष बोहरा भ्रष्टाचार मुद्दामा दोषी ठहर

हिमालीसंचार संवाददाता
२७८ पटक

काठमाडौ। डोटीको केदारेश्वर उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइरालाको इजलासले बोहरालाई दोषी ठहर गर्दै जरिवाना हुने सजाय सुनाएको हो।

विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार बोहरालाई चार लाख एक हजार रुपैयाँ रुपैयाँ बिगोबमोजिम जरिवाना हुने फैसला भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहरामाथि ५ फागुन ०७६ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनले विद्यालयको रकम हिनामिना गरेको अभियोग लागेकोमा उक्त दाबी पुष्टि भएको हो।

बोहराले जिल्ला शिक्षा कार्यालय डोटीबाट निकासा भएको ४१ लाख ५४ हजार रुपैयाँमध्ये सात लाख २९ हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको थियो।

अख्तियारका अनुसार उनले छात्रवृत्ति र भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लगाइएकोमा चार लाख रुपैयाँ जरिवाना तिराउने फैसला भएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...