News Portal

देशभरका नागरिकले काठमाडौंबाटै राष्ट्रिय परिचयपत्र पाउने, तोकियो यी स्थान

हिमालीसंचार संवाददाता
३२५ पटक

काठमाडौं। काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भएका नागरिकहरूका लागि सरकारले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न उपत्यका भित्र केही स्थानहरू तोकेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौं र ललितपुरमा गरी विभिन्न ५ स्थानमा परिचयपत्र विवरण दर्ता स्टेसन स्थापनाबारे जानकारी दिएको हो।

हाल देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ४२ वटा इलाका प्रशासन कार्यालय, नारायणहिटी दरबार तथा विवरण दर्ता अभियान सञ्चालन भइरहेका स्थानहरूबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सकिन्छ।

यसबाहेक उपत्यका बाहिरका सेवाग्राहीहरूलाई अत्यावश्यक पर्दा सहजता प्रदान गर्न सरकारले उपत्यका भित्र केही स्थान तोकेको हो। त्यसकारण विभागले सकेसम्म आ-आफ्नो स्थायी ठेगाना भएका जिल्ला प्रशासन तथा इलाका कार्यालयहरूबाट नै विवरण दर्ता गराउन अनुरोध गरेको छ।

सरकारले तोकेको दर्ता स्थानमध्ये जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बागमती प्रदेशका ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषा जिल्लाका सेवाग्राहीहरूले विवरण दर्ता गर्न सक्नेछन्।

जिल्ला प्रशासन कार्यालय, ललितपुरमा कर्णाली प्रदेश र सुदूर-पश्चिम प्रदेशका सबै तथा मधेश प्रदेशका सप्तरी र सर्लाही जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।

त्यस्तै नारायणहिटी दरबार परिसरमा स्थापित विवरण दर्ता स्थानमा प्रदेश नं. १, लुम्बिनी र गण्डकी प्रदेशका सबै जिल्ला र मधेश प्रदेशको सिराहा, महोत्तरी, बारा र रौतहट जिल्लाका सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न सक्नेछन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको दर्ता स्थानबाट भने नेपाल सरकार तथा मातहतका कर्मचारी, पूर्व कर्मचारी तथा विशिष्ट पदाधिकारीहरू सेवा लिन सक्नेछन्। र, अन्तिममा प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय सभागृहमा स्थापित विवरण दर्ता स्टेसनबाट राष्ट्रसेवक कर्मचारीका परिवारका सदस्यले परिचयपत्र दर्ता सेवा लिन सक्ने जनाइएको छ।

यी हुन् राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक कागजातहरूः

(१) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र

(२) बसाई सरी आएकाको हकमा बसाई सराईको सक्कल प्रमाणपत्र

(३) विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको वा नाता खुल्ने सक्कल प्रमाणपत्र

(४) कर्मचारी भए कार्यालयको सिफारिस र पूर्व कर्मचारी भए पेन्सनपट्टा

(५) राष्ट्रसेवक कर्मचारीका परिवारको लागि यीसँगै कर्मचारीको परिचयपत्रको प्रतिलिपि

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...