News Portal

विदेशबाट युवती ल्याएर ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ

हिमालीसंचार संवाददाता
४६७ पटक

काठमाडौं। विदेशबाट युवतीहरु ल्याएर नेपालमा कोठी सन्चालन गर्ने गरेको आरोपमा अफ्रिकी महिला पक्राउ परेकी छन्।

मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो। ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित एक होटलमा विदेशी युवतीलाई ल्याएर वेश्यावृत्तिमा लगाउने गरेकी थिइन्।

नेपालमा क्लिनर, वेट्रेसलगायत काममा मासिक ५०० अमेरिकी डलर कमाइ हुने आश्वासन दिएर पीडितलाई नेपालमा ल्याएर नतासाले आफु बसेको होटलमा राख्ने गरेको दाबी गरिएको छ।

ब्यूरोका अनु्सार नतासाले नेपाली र भारतीय मुलका व्यक्तिहरुसँग शारीरिक सम्बन्धमा लगाउने गरेकी थिइन्। दैनिक ५/६ जनासम्मसँग सम्बन्ध राख्न लगाउने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बिरामी भएर स्वदेश फर्कन लागेकी अफ्रिकी युवतीले गरेको उजुरीका आधारमा घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ। पक्राउ परेकी नतासामाथि ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...