आज : २०२६-०७-०८, बुधबार

कुवेतविरुद्ध नेपाल २४३ रनले विजयी

काठमाडौँ। आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतविरुद्ध २ सय ४३ रनले विजयी भएको छ।

शनिबार भएको दोस्रो खेलमा कुवेतविरुद्ध २ सय ४३ रनले विजयी भएको हो।

कुवेतलाई नेपालले जितको लागि ३ सय ४५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पुरा गर्न नसक्दा कुवेत नेपालसँग पराजित भएको हो।