News Portal

मकवानपुरमा लागूऔषध गाँजा र बन्दुकसहित ५ जना पक्राउ

हिमालीसंचार संवाददाता
२८३ पटक

युवा राई,
हेटौड़ा। मकवानपुरको कैलाश गाँउपालिमा लागूऔषध गाँजा, चरेस र बन्दुकसहित ५ जना पक्राउ परेका छन्।

शुक्रबार राति कैलाश गाउँपालिका ६ दुम्सीखर्कबाट लागूऔषध गाँजा, चरेस र दुईवटा बन्दुकसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ।

प्रहरीले स्थानीय जितबहादुर मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने २८ बर्षका बिजय गोले, बर्ष ४० का रत्न घले, बर्ष २२ को अशोक घले र बर्ष २२ कै शिखर घलेलाई नियन्त्रणमा लिएको छ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी र इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले स्थानीय जितबहादुर मोक्तानको घरबाट आगूऔषधसहित बन्दुक फेला पारेको जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार मोक्तानको घर खान्तलासी गर्दा भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल एक थान, बन्दुकमा लाग्ने गोली छ राउण्ड र उनको घर नजिक रहेको गोठबाट लागूऔषध १ हजार ५ सय किलो गाँजा फेला पारेको हो।

चरेस जस्तो देखिने धुलो वस्तु १२ किलो पनि फेला पारेको छ भने, पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...