News Portal

मकवानपुरमा लागूऔषध गाँजा र बन्दुकसहित ५ जना पक्राउ

हिमालीसंचार संवाददाता
३०३ पटक

युवा राई,
हेटौड़ा। मकवानपुरको कैलाश गाँउपालिमा लागूऔषध गाँजा, चरेस र बन्दुकसहित ५ जना पक्राउ परेका छन्।

शुक्रबार राति कैलाश गाउँपालिका ६ दुम्सीखर्कबाट लागूऔषध गाँजा, चरेस र दुईवटा बन्दुकसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ।

प्रहरीले स्थानीय जितबहादुर मोक्तान, कैलाश गाउँपालिका वडा नम्बर १ बस्ने २८ बर्षका बिजय गोले, बर्ष ४० का रत्न घले, बर्ष २२ को अशोक घले र बर्ष २२ कै शिखर घलेलाई नियन्त्रणमा लिएको छ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी र इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले स्थानीय जितबहादुर मोक्तानको घरबाट आगूऔषधसहित बन्दुक फेला पारेको जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार मोक्तानको घर खान्तलासी गर्दा भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल एक थान, बन्दुकमा लाग्ने गोली छ राउण्ड र उनको घर नजिक रहेको गोठबाट लागूऔषध १ हजार ५ सय किलो गाँजा फेला पारेको हो।

चरेस जस्तो देखिने धुलो वस्तु १२ किलो पनि फेला पारेको छ भने, पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...