News Portal

युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा (भिडियो)

हिमालीसंचार संवाददाता
४७३ पटक

काठमाडौँ। ‘छुकछुक छुकछुक’बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भिडिओमा युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा भनिएको छ।

जागृत रायमाझीको शब्द र संगीत रहेको गीत सुरज पण्डितले गाएका हुन्। मल्लाज प्रोडक्सनको प्रस्तुति रहेको गीतले विदेशिएका युवालाई देशमै फर्किन आह्वान गरेको छ।

नेपालमा केही गर्छु भन्ने रहर भएपनि गर्ने ठाउँ नभेटिँदा विदेशिने युवाको कथाले मन छुन्छ। गरिब र पहुँच नभएकाले सधैँ दुःख भोग्नुपरेको र लुटेराहरु भने महलमा बसिरहेको विषयवस्तुलाई गीतले व्यङ्ग्य गरेको छ।

गीतको भिडिओमा सुरजका साथै सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होमबहादुर आचार्य, अदिति आचार्यलगायत कलाकारले अभिनय गरेका छन्। भिडिओमा केदार श्रेष्ठको कथा, स्क्रिनप्ले र निर्देशन छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...